शसस्त्र प्रहरीद्धारा बृद्धाबृद्धालार्ई न्यानो कपडा वितरण



दाङ । शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस तुलसीपुरले बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार शसस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा गएको टोलीले तुलसीपुर १२ मा रझेनीमा रहेको बृद्धाश्रममा रहेका चारजना बृद्धबृद्धालाई ओढ्ने शल, टोपी, मोजा, पञ्जा, चामल वितरण गरिएको हो ।

बृद्धबृद्धाहरुलाई जाडोको समयमा स्वास्थ्यमा कुनै असर नपरोस भनेर न्यानो कपडा बितरण गरिएको न्यापानेले बताए ।‘बृद्धाअबस्थामा जाडोेले निकै सताउने गर्छ’ उनले भने‘ त्यसैले बृद्धआमाबुवाहरुलाई जाडोमा न्यानोको लागि उक्त सामग्री प्रदान गरेका हौं । शसस्त्र प्रहरी बेस तुलसीपुरमा कार्यरत सबै प्रहरीले आफ्नो तलबबाट केही रकम छुट्याएर बृद्धबृद्धाहरुलाई सहयोग गरेको न्यौपानेले बताए । बृद्धसेवा समिति तुलसीपुरले सञ्चालनमा ल्याएको उक्त बृद्धसेवामा अहिले चारजना बृद्धबृद्धाहरु बस्ने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्