पूर्ण रुपमा सन्तुष्टि पाउन सेक्स पार्टनरमा हुनु पर्छ यस्ता गुण



यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल गर्न सकिन्छ ।

आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको कुरा आँउछ उनीहरुले केही ससाना तर महत्वपूर्ण कुरालाई नजरअन्दाज गरिदिन्छन् ।

यसैकारण उनीहरुले अन्तरंग पलको आनन्द उठाउन सक्दैनन् । त्यसोभए यौनकार्यमा निपुणता हासिल गरेर पर्र्फेट सेक्स पार्टनर कसरी बन्ने त ?

यदि तपाईं पनि यस्तो स्थितीबाट बचेर आफ्नो यौन जीवनलाई रोमाञ्चक बनाउन चाहनुहुन्छ भने निम्न ५ कुरामा ध्यान दिनुहोस् ।

१. सरसफाईमा ध्यान दिने

अन्तरंग पललाई विशेष बनाउनको लागि आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुहोस् । छालालाई नरम बनाउनको लागि समयसमयमा मसाज गर्नुहोस् किनभने तपाईंको सफा र चम्किलो छालाको स्पर्शले नै पार्टनरलाई कामोत्तेजित बनाउँछ ।

बेडमा जानुभन्दा पहिले नै आफ्नो शरीरबाट पसिना आदिको दुर्गन्ध नआओस् भन्ने कुराको सुनिश्चित गर्नुहोस् । नुहाएर राम्रो वास्ना दिने कुनै बडि स्प्रे वा परफ्युम लगाउनुहोस् र हेर्नुहोस् तपाईंको शरीरको बास्नाले पार्टनरलाई कसरी मदहोस् बनाइदिन्छ ।

टिप्सः

यौनसम्पर्कको क्रममा हरेक मानिसआफ्नो यौनसाथीलाई सफा र ताजा देख्न चाहन्छन् किनभने यसले यौनक्रिडाको आनन्द दुईगुणा बनाइदिन्छ । त्यसैले बेडमा जानभन्दा पहिले थकान र तनाव टाढा राखेर फ्रेस देखिने कोसिस गर्नुहोस् ।

२. मुखमैथुनको आवश्यकता

यौनको पुरा मजा लिनको लागि बिना कुनै शर्त हरेक क्रियामा पार्टनरलाई सहयोग गर्नु पर्छ । एक राम्रो यौनसाथी उनै हुन्छन् जसले आफ्नो साथीको इच्छाहरुको पुरा ख्याल राख्छन् ।

पार्टनर मुखमैथुनबाट धेरै सन्तुष्ट हुन्छन् भने बिना हिच्किचाहट यसमा उनलाई साथ दिनुहोस् । पत्नी ओरल सेक्स गर्न हिच्किचाउँछिन् भने पहिले उसको हिच्किचाहट टाढा गर्ने कोसिस गर्नुहोस् ।

टिप्सः

आफ्नो मुड र सजिलोको हिसाबले मुखमैथुनको मजा लिन सक्नुहुन्छ । हरेक पटक पार्टनरले नै पहिले सुरु गर्ने आशा नगर्नुहोस् । कहिलेकाँही उनीहरुको मुड राम्रो बनाउन तपाईं आँफै अगाडि बढ्नुहोस् ।

विज्ञहरुका अनुसार ओरलसेक्स सुरक्षित छ यसैले यससँग डराउने कुनै आवश्यकता छैन । स्वास्थ्य र सरसफाईको ख्याल राखेर यौनकार्य जस्तै गरि ओरल सेक्सबाट पनि चरम आनन्द पाउन सकिन्छ ।

३. साहसिक प्रेमी

यौनकार्य पनि अफिसको काम जसरी नै गर्नुहुन्छ वा यौनकार्यको क्रममा बोरिङ पारामा प्रस्तुत हुनुहुन्छ भने पार्टनरको मुड राम्रो बनाउन सक्नुहुन्न । साथै तपाईंले यौनको धेरै मजा उठाउन र सुखद यौनजीवनको अनुभव प्राप्त गर्न सक्नुहुन्न ।

राम्रो यौनसाथी बन्नको लागि आफ्नो साथीको यौनप्यासलाई बढाउने कोसिस गर्नुहोस् र उनीहरुलाई कामोत्तेजित बनाउनुहोस् । यसको लागि पार्टनरसँग यौनका कुराहरु गर्नुहोस्, सँगै नुहाउनुहोस्, मायालु खेल खेल्नुहोस् र पार्टनरसँग थोरै बदमासी गर्नुहोस् । यसले तपाईंको यौन जीवनको साथै जिन्दगी पनि रोमाञ्चक बन्छ ।

टिप्सः

हप्ताभर कामको थकान पछि मस्तीको मुड अन गर्नुहोस् । साथै दैनिक एकै काम गर्ने हो भने त्यो निरस लाग्न लाग्छ । यसैले छुट्टीको दिनको भरपुर फाइदा उठाएर यौन जीवनलाई रोमाञ्चक बनाउनको लागि नयाँ नयाँ तरिका अपनाउनुहोस् ।

४. पत्नीलाई पहल गर्न सिकाउनुहोस्

आमरुमा महिलाहरुले यौनसम्पर्कको लागि पहल गर्न हच्किन्छन् साथै केही नयाँ कुरा प्रयास गर्न पनि रुची देखाउँदैनन् । जसले उनीहरु पूर्णरुपमा यौनको मजा लिन पाउँदैनन् ।

यदि तपाईं आफ्नो बोरिङ यौनजीवनमा प्यारको नयाँ रंग भर्न चाहनुहुन्छ भने पत्नीलाई यौनसम्पर्कको लागि पहल गर्न सिकाउनुहोस् । तपाईंको यो नयाँ तरिका उनलाई पक्कै मन पर्छ ।

यौनसम्पर्क गर्दा सँधै नयाँ नयाँ चीज प्रयास गर्ने पनि कोसिस गर्नुहोस् जस्तै सेक्स टोयको प्रयोग, क्लाइमेक्सको नयाँ तरिका, कामोत्तेजित गर्ने र फोरप्लेको तरिकामा परिवर्तन गरेर तपाईंले सेक्सलाई अझै पनि सुखद बनाउन सक्नुहुन्छ ।

टिप्सः

यौनकार्यमा नयाँ परिक्षण गर्ने बारेमा सोच्नेमात्रै होइन त्यसलाई पालना पनि गर्नुहोस् । तपाईंको सकरात्मक पहलले तपाईंको पार्टनरलाई पनि यौनसम्पर्कको लागि उत्तेजित गर्छ ।

५. कल्पना सेयर गर्नुहोस्

राम्रो यौनसाथी तीनै हुन जसले आफ्नो साथीसँग अन्य कुराको साथै सेक्सुअल फेन्टासी पनि सेयर गर्छन् । आफ्नो सेक्सको चाहना र फेन्टासी पार्टनरसँग सेयर गरेर तपाईंले यौनजीवनको भरपुर आनन्द उठाउन सक्नुहुन्छ ।

सेक्सुअल फेन्टासी अर्थात यौनको कल्पनाहरुलाई वास्तविकता बनाएर यौनक्रियालाई रुचीपूर्ण बनाउन सकिन्छ । तर, एउटा कुरा सँधै ध्यान राख्नुहोस् कि सफल यौन जीवनको लागि जोडीको बीचमा कुराकानी हुन आवश्यक छ ।

पार्टनरको राम्रो कुरालाई थाहा नपाइकन तपाईंले उनलाई सन्तुष्ट गर्न सक्नुहुँदैन । जबसम्म तपाईं आफ्नो दिलको कुरा उनीसँग भन्नुहुन्न उनले पनि तपाईंलाई सन्तुष्ट बनाउन पाँउदैनन् त्यसैले संवादको पुललाई सँधै मजबुत बनाउनुहोस् ।

टिप्सः

आफ्नो सेक्सुअल फेन्टासीलाई पार्टनरसँग छलफल गर्न सक्नुहुन्न भने त्यसलाई कुनै कागजमा लेख्नुहोस, रेकर्ड गर्नुहोस् वा च्याटमा पठाउनुहोस् । तर, यस कुराको ध्यान राख्नुहोस कि यी चीजहरु पार्टनरसम्म सही समयमै पुग्नुपर्छ अर्थात विस्तरामा जानुभन्दा पहिले नै ।

source : onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्