पूर्व राष्ट्रपति डा. यादव दाङ आउँदै



दाङ। पूर्व राष्ट्रपति डा. रामवरण यादव दाङ आउँने भएका छन् ।घोराही १५ स्थित शान्ति सुधा आवावासीय माध्यमिक विद्यालयको रजत जयन्ति समारोहलाई सम्वोधन गर्न राष्ट्रपति यादव आउने कार्यक्रम तय भएको ब्यवस्थापन समिति सदस्य प्रेम शाहले जानकारी दिए । यहि पुस २७ गते आफ्नो स्थापना दिवसको २५ औ बर्ष रजत जयन्ती कार्यक्रम यादवको प्रमुख आतिथ्यता हुने संयोजक शाहले बताए ।

 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रमको तयारीसहीत विषयबस्तुको वारेमा विद्यालयका प्रीन्सीपल विनय मिश्रले प्रकाश पारेका थिए । पत्रकार सम्मेलनको सहजिकरण कार्यक्रम संयोजक प्रेम शाहले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्