जिल्ला समन्वय समिति चयन हुँदै, दोलखा र पाल्पामा एमाले विजयी ।।



 

सैघाली खबर
काठमाडौं,२५ साउन

विभिन्न जिल्लामा जिल्ला समन्वय समितिको चुनाव धमाधम भइरहेका छन् । दोलखामा हिजो भएको चुनावमा जिल्ला समन्वय समिति दोलखामा नेकपा एमालेको समूह नै विजयी भएको छ । समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचनमा कूल १८ मतमध्ये एमालेको समूहले १४ र काँग्रेस–माओवादीको गठबन्धनले चार मत प्राप्त गरेको थियो ।
यस्तै पाल्पामा पनि एमाले समूह विजयी भएको छ । हिजो भएको निर्वाचनमा दयाराज बस्याल प्रमुखमा विजयी हुनुभएको हो भने उपप्रमुखमा मीरा मरासिनी, खुल्ला सदस्यमा ईश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा, भेषबहादुर वंशी विजयी हुनुभएको छ । दलित अल्पसंख्यक सदस्यमा होमप्रसाद ठडराई तथा तीन महिला सदस्यमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरागती राना भने पहिले नै निर्र्विरोध निर्वाचित भइसक्नुभएको थियो । निर्वाचनमा एमालेका पक्षमा १३ र काँग्रेसका पक्षमा ७ मत खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्