घरमा काम गर्न नआएको भन्दै कुटपिट



कालिकोट ।नरहरिनाथ गाउँपालिका–१ का ५७ वर्षीय डिल्ली कामीललाई सोही ठाउँका ३२ वर्षीय चनबहादुर विष्ट र २८ वर्षीय नरेन्द्र बिष्टले जातीय विभेद गरि कुटप्टि गर्दा गम्भिर घाइते भएका छन् ।पीडित कामिलाई आरोपित बिष्टहरुले पुस १८ गते घरमा काम गर्न नआएको भन्दै बाटोमा डुम,कमार जस्ता बिभेदित शब्द बोल्दै लाठि र मुक्काले कुटपीट घाइते बनाउनुका साथै दाँत समेत भाँचेका थिए ।

जातीय विभेद गरी कुटपीट गरि घाइते बनाएको भन्दै पीडितले न्यायको माग राख्दै जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाल राष्टिय दलित कल्याण संघको सहजिकरणमा पीडक विरूद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेपछि दबावका लागि पत्रकार सममेलन गरिएको संघका जिल्ला संोक विर तिरुवाले वताए ।

टाउको,छाति आँखा र मुखमा गम्भिर चोट लागि घाइतेभएको पीडितको जिल्ला अस्पताल कालिकोटमा उपचार भएको पीडित कामिले वतएका छन् ।“म माथि जातीय विभेद भयो अहिलेको जमानमा पनि कमारा भन्दै कुटपीट गर्नेलाई कानूनि कारवाहिका लागि माग गर्दछु” पत्रकार सम्मेलनमा पीडितले भने ।कालिकोटका प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माका अनुसार जातीय विभेद कसुर सजाँय ऐन अन्तरगत मुद्धा दर्ता गरिएको र घटनाका आरोपितलाई पक्राउ गर्न प्रहरी टोलि खटाइएको छ ।जातीय विभेद कसुर ऐन २०६८ अनुसार ठहर भएमा तीन वर्ष कैद सजाय र २५ हजार जरिवानको ब्यवस्था गरिएका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्