तालिवानको अपहरणमा परेका २३५ जना जेल मुक्त



सैघाली खबर
काठकाडौं,२५ साउन

अफ्गानिस्तानमा तालिवानले उत्तरी क्षेत्रबाट अपहरण गरेका २ सय ३५ जनालाई मुक्त गरेको छ ।सार ए पल प्रान्तमा मिर्जावालाङ क्षेत्रमा आक्रमण गरी ५० भन्दा बढीको हत्या गरेको भोलिपल्ट उनीहरुलाई छाडिएको अधिकारीहरुले जनाएका छन् ।तालिवानले भने सर्वसाधारण नभई सुरक्षाकर्मी मारिएको जिकिर गरेको छ ।प्रान्तका गर्भनर र स्थानीय आदिवासी नेताबीचको वार्तापछि अपहरण मुक्त गर्न तालिवान सहमत भएको थियो ।तालिवानसँगको संघर्षमा छ महिना यता मात्रै करिब १७ सयको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्