सडकमै केटाहरुलाई हट युवतीले यस्तो गरेपछि…



एजेन्सी । दिल्ली प्रहरीले चार जना यस्ता युवतीलाई पक्राउ गरेको ज, जसले सार्वजनिक स्थानमा उभिएर केटाहरुलाई आपत्तिजनक इशारा गर्थे ।
प्रहरीले यस्तो कारबाही त्यहाँ आसपास बस्ने मानिसहरुको निवेदनका आधारमा गरेको हो ।

प्रहरीले ती युवतीहरु देहव्यापारसँग सम्बन्धित रहेको आशंका गरेको छ ।

घटना दिल्लीको रोहिणी क्षेत्रको हो । खासमा सोमबार प्रहरीमा एक फोन आयो । त्यसमा भनियो की यस क्षेत्रमा केही मानिसहरुले सेक्स र्याकेट चलाएको बताइयो । त्यहाँ रहेका मानिसहरुलाई समस्या भएपछि यस्तो निवेदन प्रहरीमा गरिएको थियो ।

प्रहरीलाई ती युवतीहरुले युवाहरुलाई अश्लील इशारा गर्ने गरेको जानकारी दिइएको थियो । यसपछि प्रहरी सक्रिय भयो । र छापा मारेर ४ जना त्यस्ता युवतीहरुलाई पक्राउ गरेको हो ।

वरिष्ठ प्रहरी अधिकारीले सो क्षेत्रमा हालसम्म सेक्स र्याकेट चलाएको कुनै प्रमाण फेला परेको बताएका छन् । तर, ती युवतीहरुमाथि सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा मुद्दा चलाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्