बाँके । बाघको छालासहित दुई जनालाई प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय कोहलपुर र प्रदेश प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।प्रहरीले कोहलपुर बसपार्कबाट छाला सहित दैलेखका कमल खत्री र कञ्चनपुरका हरि ढकाललाई पक्राउ गरेकोइलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रहरीले बाघको छाला एक थान र हड्डि समेत कारोवारीको साथबाट बरामद गरेको जनाएको छ।पक्राउ परेकालाई थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जमा बुझाइने सिंहले जानकारी दिनुभयो । यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुरले वान मिलियन अमेरिकी डल लेखेको नोटसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले कोहलपुर नगरपालिका १० हाइस्कुल नजिकबाट जाजरकोट, शिवालय गाउँपालिका ६ का २९ वर्षीय चक्र बुढालाई पक्राउ गरेको जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।