सुचना प्रविधि

बन्यो सबै भन्दा सस्तो इलेक्ट्रीक कार, नामले बोलाउँदा एक्टीभ हुने

By थाहा अनलाइन

January 08, 2019

चिन विश्वमा संसारका विभिन्न अटोमोबाइल्स कम्पनी यतिबेला विद्युतीय सवारीसाधनको उत्पादनमा केन्द्रित भएका छन् । इन्धनको बढ्दो मूल्यसँगै उत्सर्जनलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पेट्रोल, डिजेल र ग्यासको विकल्पको रुपमा विद्युतीय प्रणालीको प्रयोग गरिँदैआएको छ ।

यसैबीच, चीनको कार उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले संसारकै सबैभन्दा सस्तो विद्युतीय कार उत्पादन गरेको छ । ग्रेटवाल मोटर्सका उत्पादनहरु नेपाली बजारमा पनि बिक्री–वितरण हुँदैआएका छन् । यस्तोमा यो कार नेपाली बजारमा पनि नआउँला भन्न सकिँदैन । कम्पनीले निर्माण गरेको ‘ओआरए–आर–१’ विद्युतीय कार सिङ्गल चार्जमा ३ सय ५१ किलोमिटरसम्म गुड्छ ।

यसमा ३५ किलोवाटको ब्याट्री प्याकको प्रयोग गरिएको छ । यसको मूल्य ८ हजार ६८० डलर तोकिएको छ । कम्पनीले कम लागतमा लग्जरी, उत्कृष्ट पफर्मेन्स तथा सुरक्षित कार निर्माण गरेको दाबी गरेको छ ।

 

हाल उत्पादन भैरहेका अन्य कम्पनीका गाडी ‘टु–इलेक्ट्रीसिटी कन्सेप्ट प्लाटफर्म’मा निर्माण भैरहेको दाबी गर्दै कम्पनीले आफ्नो उक्त मोडल डेडिकेटेड अवधारणामा डिजाइन गरेको जनाएको छ । यस प्ल्याटफर्मलाई एमई नाम दिइएको छ । यसमा मोटर, ब्याट्री र इलेक्ट्रीक कन्ट्रोल गरी तीनवटा प्रणाली दिइएको छ । यो मोडल उच्च भ्यालु, ज्यादा स्पेस, स्मार्ट, सेफर र हाई क्वालिटीजस्ता अवधारणामा निर्माण भएको कम्पनीको दाबी छ ।

कारको लम्बाई ३ हजार ४ सय ९५ एमएम, चौडाई १ हजार ६ सय ६० एमएम रहेको छ । यसमा १ हजार ५ सय ६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । ड्राइभर तथा प्यासेन्जरको सुरक्षाका लागि विभिन्न सुविधा यसमा दिइएको छ । यसको बडीमा ६० प्रतिशत हाई–स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको कम्पनीले दाबी गरेको छ ।

यसको डिजाइन साधारण, युनिक तथा आकर्षक रहेको दबी गर्दै कम्पनीले फ्रन्टमा आकर्षक हेडलाइटको प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको प्रयोग गरिएको छ । यो कारलाई ुहेलो ओरआएएु भन्नेवित्तिकै एक्टीभ हुने कम्पनीले जनाएको छ ।