राजा–महाराजाको जमानामा प्रत्येक राजाले आफ्नो मर्जिले दुई वा तीन विवाह गर्ने गर्दथे सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर एउटा यस्तो देशपनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ । अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती नराखे उनीहरुविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ ।
सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा युद्ध भएको थियो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो । इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम भएको कारणले यस्तो अचम्मको कानून लागू गरिएको हो । इरिट्रियाको सरकारले दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमती पनि गरेको छ ।
पुरुषले दुई विवाह गर्नुपर्ने कानूनका साथै महिलाका लागि पनि एउटा कडा कानून बनाइएको छ । उक्त कानून अनुसार यदि कुनै महिलाले आफ्नो श्रीमान्को दोस्रो विवाहमा कुनै रोकटोक वा समस्या पैदा गर्ने कोसिस गरिन् भने उनलाई पनि जन्मकैदको सजाय हुन्छ ।एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।