दाङ उद्योग वाणिज्य संघमा उम्मेदवारी दर्ता सुरु



सैघाली खबर
दाङ, साउन २४ । दाङ उद्योग वाणिज्य संघ दाङको साउन ३१ गते हुन गैरहेको कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रकृया सुरु भएको छ । दिउसो १२ बजे देखि बेलुका ४ बजे सम्म उम्मेदवारी दर्ता प्रकृया सुरु भएको मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्राईले जानकारी दिनुभयो । जस अन्तरगत प्रजातान्त्रिक प्यानलबाट वर्तमान महासचिव दिपक सुवेदी कोषाध्यक्ष मञ्जु बद्राचार्य,एमालेको तर्फबाट जितबहादुर केसी र माओबादी केन्द्रका तर्फबाट वर्तमान उपाध्यक्ष नारायण भुसालले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउने सम्भावना देखिएको छ ।

यस्तै निर्वाचन कार्यक्रम अन्तरगत उम्मेदवारको प्रथम नामावली प्रकाशन साउन २५ गते दिउसो ४ः३० वजे सम्म उम्मेदवारी उपर दावी बिरोध ४ः३० देखि ६ः०० वजे सम्म रहेको छ । यस्तै दावी बिरोध उपर छानविन साउन २६ गते विहान ८ः०० वजे देखि १०ः०० वजे सम्म ,छानविन पछिको उम्मेदवारको दोस्रो नामावली प्रकाशन साउन २६ गते विहान ११ः०० वजे देखि १२ः०० वजे सम्म ।उम्मेदवारी फिर्ता ः साउन २९ गते विहान १०ः०० वजे देखि दिनको १२ः०० वजे सम्म,उम्मेदवारको अन्तिम नामावली प्रकाशन साउन २९ गते दिनको १ः०० वजे मतदान कार्यक्रम ः साउन ३१ गते विहान ८ः०० वजे देखि दिनको ४ः०० वजे सम्म रहने मुख्य निर्वाचन अधिकृत भट्राईले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्