आफ्नो मान्छेको प्रेममा पागल हुनेहरुका कथाहरु धेरै देख्नु तथा सुन्नुभएकै होला । तर बेलायतको यो कथा भने अलिक फरक छ ।समाचार अनुसार रसेल डेभिसनकी ५० वर्षीया श्रीमती वेन्डी डेभिसनको मृत्यु भयो । पछिल्लो १० वर्षदेखि पाठेघरको क्यान्सरसँग जुधिरहेकी जिवनसंगिनी वेन्डीको निधनपछि उनका पति रसेल दुखी नहुने कुरै भएन ।
त्यसपछि उनी सोही बेडरुममा पत्नीको शवसँगै बस्न थाले, त्यहीँ सुत्न थाले । पूरै ६ दिनसम्म उनी पत्नीको शवसँगै बसे । श्रीमतीको शवसँगै ६ दिन बस्दा आफुलाई धेरै आत्मशान्ति मिलेको उनी बताउँछन् ।पत्नी प्रति उनको प्रेम यतिधेरै थियो की वेन्डी मरिसकेपछि पनि उनले पत्नीको शवको अन्तिम संस्कारको क्रिया गर्न मानेनन् ।
उनले पत्नीको शवलाई शवदाह गृहमा लैजान पनि इन्कार गरे । उनले पत्नीको शवलाई सबैभन्दा पहिले आफ्नो बेडरुममा लगेर राखे ।पत्नीको शवसँगै उनी बसिरहँदा धेरै आफन्तहरु उनलाई भेट्न आए । उनको हालत देखेर आगन्तुकहरु भक्कानिएर रुन्थे ।
उनले पत्नीलाई यति धेरै माया गर्दथे की उनी आफ्नी पत्नीको शवलाई डाक्टरको हातमा सुम्पिन चाहन्नथे ता की तत्कालै शवलाई शवदाह गृहमा लगेर अन्त्येष्टि गरियोस् । घरमै प्राण त्याग्ने वेन्डीको पनि इच्छा थियो र जिवनको अन्तिम समयमा उनी अस्पताल भर्ना हुन चाहिनन् । मानिस एकदिन मर्नैपर्छ । तर मृत्युको कुरा गर्न सबै डराउँछन् र मानिस मरिसकेपछि जतिसक्दो चाँडो शवलाई अन्त्येष्टिका लागि कुदाउँछन् ।
तर आफुले मृत्युलाई नजिकबाट अनुभुति गर्ने र मृत्युपछिको पलमा पनि पत्नीको राम्रो हेरचाह गर्ने अभिलाषा बोकेको हुँदा आफुले कुनै शवदाह गृहमा लगेर पत्नीको लासलाई तत्कालै नबुझाएको उनी बताउँछन् । ६ दिन घरमा राखिसकेपछि मात्र उनले पत्नीको शवलाई अन्त्येष्टि गर्न आफै लगे । एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।