नेपालमा रबि जस्तै धेरै युवाहरुले जन्म लिनुपर्छ , इशापनि एक महान आमा हुन्



सरु सुनार ।

यतिबेला चर्चित पत्रकार रबि लामिछानेको पारिवारिक बिषय  सामाजिक संजालमा छताछुल्ल भएको छ । २५ बर्षको लामो बैबाहिक सम्बन्धलाई बिच्छेद गरेको कुरा र आफ्ना बिगत आफैंले एक पेज लामो लेख नै बनाइ रबिले आफैले सामाजिक संजालमा सेयर गरे पछि हरेक मिडियाका मुख्य समचार बने ।

समाचार रबिका मात्र बनेनन् उता पुर्ब पत्नी इशा श्रेष्ठ ( लामिछाने ) ले पनि आफ्ना पीडा र रबिसंगका संम्बन्धका तितिमिठा बिगतलाई पनि छताछुल्ल पारिन ।यो सबै हेरेर सामाजिक संजालका दर्शकहरुले निकै गाली गरे इशा लामिछानेलाई  यस्ता कमेन्टमा गाली थियोे म एउटा नारी हुनाले हेर्न र पचाउन मुस्किल नै भयो ।

केही चर्चित महिला दिदिबहिनीहरुले समेत चिच्याएरै इशालाइ गाली गरेको पनि( म )मुक दर्शक बनेर मजाले हेरे ।मैले यति भनिरहदा अब मलाई रबिका समर्थकले गाली र थुक्ने छन् यो कुरामा म ढुक्क छु ।
तर मलाई यहाँ कसले के भन्छ त्यो कुराको सरोकार छैन ।
रबिको यो आफ्नो नितान्त ब्यक्तिगत निजि जिबनको कुरा हो ,, तर निजि कुरा रबि आफैले सामाजिक संजालमा  छताछुल्ल पारेर आफैले लेखे पछि यो सबैको सकारात्मक र नकारात्मक धारणा बनेको हो। जुन स्वभाबिक नि हो ।

सामाजिक रूपमा रबिले गरेका काम प्रती आम जनमास जस्तै म पनि रबिको फ्यान हो केही घटनामा म सहकार्य गर्न उहा सित पुगेकी पनि छु । वहाले गरेको काम र साहसको जति कदर संमान गरे पनि कमै हुन्छ रबि सधैं रबि हुनु पर्छ मेरो पूरा साथ र समर्थन छ र रहिरहने छ ।अर्को कुरा मैले यहाँ उठाउन खोजेको रबिजिको अतितको घटना मात्र होईन सामाजिक संरचना र पुरुष प्रधान परिवार र समाज भित्र घटिरहने यस्तै खालका घटनामा हाम्रा सोच र मानसिकताको कुरा  र उपज हो ।मैले सामाजिक अभियानमा धेरै किसिमका समस्या र मुद्दाहरु आफैले हेरेकी छु न्यायको लडेकी  पनि छु ।

जातीय छुवाछूतका मुद्दा , स्वास्नी पीडित लोग्नेको पीडा, लोग्ने पीडित स्वास्निको पीडा , सामाजिक संजालमा महिलाहरुलाइ अस्लिल तस्बिर राखी नङ्गाउने पुरुष, नचिनेको मान्छेलाई नेट बाटै सर्वाङ्ग नाङ्गिने महिला, सामाजिक संजालमा नेपाल आइडल सिजन २ का बिजेता रबि ओडका बारेमा जे मन लाग्छ बोल्ने अनि आमाको मृत्युलाई दलित आइडलकि गरिब सौतेनी आमाले २५ लाखको चिठ्ठा पर्यो सपनामा पनि  पैसाको मुख नदेखेका गरिब पैसा देखेर ठहरै मरे भन्ने    मुकुन्दे  जस्ता पागल बने जस्तो गरि दलित , महिलाइ घोच्याउने पुरुषलाई पनि ।सामाजिक संजालमा कामी , दमै सानो जात भनी शंकर बिसि जस्ता गायकलाइ गाली गर्ने फेसबुकेहरुको बिरुद्द अभियान नै चलाएकी छु …।।

आज एउटा घटनाको  झट्ट याद आयो।
मलाई कतिपय बलात्कार , हत्याका घटनामा संमलग्न अपराधी  दलित भए भनी पूरा कमेन्ट नै सानो जातको सानो बुद्धि छिछी , भनी गाली गरेको स्याङ्जाको महेन्द्र सार्किले काठमाडौको एक होटल मालिकको बच्चालाई मारी जेब्रा झोलामा फालेको घटनामा अधिकाश  गाली उसलाई जातीय थियोे ।अनि चर्चित गायक  डान्सर शकर बिसिको पत्रकार संगको झगडा पछि पूरा फेसबुकमा सानो जात, कामि भनि हेर्न नसक्ने जातीय गाली थियोे जुन सहन नसकी शंकर र म आफै हनुमानढोका टेकुमा साइबर क्राइममा उजुरी नै हाल्न गएका थियौ ।।

अझै पनि हाम्रा सोच एक अपराधीको कुनै जात धर्म लिङ र वर्ण हुदैन यो सम्बन्ध खटपट भयो रबि लागे गोरेनी गर्लफ्रेन्ड संग मस्त रमाउन र मीठो निदाउन गर्दागर्दा स्वास्नी र दुई छोरीलाई चटक्कै छोडी गोरेनी संगै बसि छोरा समेत जन्माए ।यहानिर रबि जस्तै पीडा र तनावमा इशा पनि थिइन उनी पनि रबिसित सम्बन्ध नराम्रो भए पछि  दुई छोरी छोडी रबिलाइ छोडी गोरे खोज्न र लिभिङमा बस्न किन सकिनन??
बरु डिप्रेसनको औसधि खाएर दुई छोरी घर समाली बसिन किन कि ती छोरी समाल्ने जिम्मेवारी समाजले नारी या आमालाई सुम्पेको हुन्छ ,।।

बिवाहा गरिसके पछि पर पुरुष संग  लिभिगमा बसि छोरा जन्माएर फेरि आफ्नै लोग्ने संग गल्ती गरि छोरा छोडी चोखो बन्ने पबित्र जल नारीलाइ समाजले दिएको हुदैन  मात्र त्यो पुरुषलाई मात्र दिएको हुन्छ ।त्यसैले त पुरुष  सम्बन्ध बिग्रे पछि अरु नारी सित सम्बन्ध बढाइ खुसिको बिकल्प खोज्छन् तर नारी ….???यदि तपाईंहरुले रबिले जस्तै स्वास्नी संग सम्बन्ध खटपट भए पछि गोरेनी खोजी अबैध छोरा पाए जस्तै

इशाले पनि रबि र दुई छोरी छोडी गोरेसित लिभिङमा बसि छोरा पाएर पछि रबिलाइ गल्ती भो भनि  आएको भए के नाम दिनु हुनुथ्यो ??कलङ्कित नारी , बेश्या अरु ?? कति सहज छ र फरक छ  एउटा नारी र पुरुषमा ।धादिङमा एउटा जनप्रतिनिधि दलित महिला १३ बर्ष  अगि आफ्नो लोग्ने बितेका रहेछन् उनकी २ छोरी रहेछन् । बिचरी एकदम सिधा ती नारीलाइ कुनै दलालले काठमाडौ जादा पानीमा बिहोस हुनि औषधी  हालेर दिए छ उनि बिहोस भै छन्।।

कुनै होटलमा लागि उनलाइ लुटेछ र फरार भए छ पछि उनि गर्भवती भै छिन तर यो समाज र परिवार कसैले स्वीकार गरेन यति छि छि र अपमान गर्यो यो समाजमा यस्ता कलङ्कित बेस्यालाइ बस्न दियो भनि गाउँ गनाउछ भनि बस्नै नसक्ने अबस्था बनाए पछि उनी काठमाडौ आइन र छोरीलाई जन्म दिइन अहिले बच्चा सेभ हाउसमा छ उनि काठमाडौमा एउटा होटलमा काम गरि बाचेकी छिन यो त प्रतिनिधि घटना मात्र हो यस्ता कती छन् कती ।शधै मैले जोडिरहेको विषय जहिले पनि नारीको बिनागल्ती पनि समाज र परिवार बाट आलोचना र अपमान भोग्नै पर्ने तर त्यही गल्ती पुरुषले गर्दा मर्दको १० ओटि भनी ढाडस दिने ??

रबिलाई समर्थन गर्नुस तर इशालाइ मनपरी मुख छाडने गाली गर्ने अधिकार कसैलाई छैन । बाटो हेरिन होला जिबनको २५ बर्ष किन कि उनिसित दुई छोरीको भबिस्य र आमा हुनुको  जिम्मेवारी र ममता जोडिएको थियो । हरेक नारीले यती त बुझ्न सकिन्छ कि हामी नारीलाइ अहिले पनि समाज र समाज भित्रका पुरुषले कसरी हेरेको छ कस्तो व्यवहार गरेको छ भन्ने ??.

अन्तिममा मैले यति मात्र भने सबै पुरुष नराम्रो र सबै नारी राम्रो हुन्छन् भन्ने मेरो मान्यता हुँदै होइन ।पुरुष राम्रा छन् र केही नारी गलत नि छन् ।तर कसैको निजि जीवन र अतीत जब दुबै जनाले सामाजिक संजालमा पोख्छन् भने सहि र गलत छुटाउने र आफ्नो धारणा राख्दा यसरी एउटा नारीलाई अस्लिल र सुन्न नसक्ने गाली गर्नु कति उचित हुन्छ एकपटक हामी सोचौ ।यो होईन कि हिजोको दिनमा केके भयो बुढाका फेसबुक बुढिले र बुढिका मेसेन्जर बुढाले चियाएर स्किन सट गरि बाहिर सामाजिक संजालमा नङ्गाउने??
यो कति जायज छ ??

अन्त्यमा रबिको देश र जनताको लागि जुन कदम , साहस , जुन काम छ त्यो सधैं निरन्तरता दिनु होला नेपालमा रबि जस्तै धेरै युवाहरुले जन्म लिनु पर्छ अनि देश बन्छ । अझै अगाडि बढन सुभकामना । इशा जस्तो महान आमा जस्ले जिबनको यस्तो उतारचढावको बिच पनि आफ्ना दुई छोरीको जिम्मेवारी र भबिस्यलाई सोची आफै डिप्रेशनको गोलि खानु भयो तर २छोरीको साथ कहिले छोडनु भएन तपाईं महान आमालाई अझै हिम्मत जुटाएर बाच्न र छोरीको उज्वल भबिस्य बनाउन शक्ति मिलोस  शुभकामना । धन्यवाद !!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्