दुबै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको उपचारका लागि विभिन्न ठाउँबाट सहयोज जुट्न थालेको छ । सौघाली अनलाईन टिभीले अघिल्लो भिडियोमा सहयोगको लागि पहल चालेको थियो ।
फेरी उनको बारेमा बुझ्नको लागि हिजो सोमबार कृष्णको घरमा पुग्दा विभिन्न ठाउँबाट सहयोग जुट्न थालेको बताएका छन् । उनले भनेका छन्–‘धेरै ठाउँबाट सहयोगको कुरा आएको छ । कतिपयले साथीहरुसँग कुरा गर्ने पनि भन्नु भएको छ ।’
त्यस्तै युकेबाट उनको उपचारको लागि प्रपोजन आएको उनले जानकारी दिएका छन् । कृष्णलाई सहयोग गर्नको लागि सिन्दुपाल्चोकबाट रामकुमार खत्री उनकै घरमा आएका छन् । खत्रीको देब्रे खुट्टा छैन ।
खत्रिले भनेका छन्–‘म कृष्णको आत्मबल बढाउन आएको हो । उनलाई म मात्र यस्तो अवस्थामा छु जस्तो महसुस नहोस् ।’ कहाँबाट सहयोग हुदैछ त उनको उपचारका लागि भिडियोमा हेर्नुहोस्

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।