नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्युठानले स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई कालोमोसो लगाएको छ ।
साे पार्टीले उनलाइ आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको अाराेप लगाएकाे छ ।
साथै जनतामाथि अनावश्यक कर थोपरेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको अभियाेग पनि उनीमाथी लागेकाे छ ।
कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको विज्ञप्तिमा जनाइएकाे छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।