अभियानलाई नगरका १९ वटै वडामा पुर्‍याउछु – मेयर पाण्डे पाण्डेको प्रतिबद्धता



बिमल गौतम, तुलसीपुर
२५ साउन।

दाङको तुलसीपुरमा संचालन भईरहेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानको संयोजनको जिम्मेवारि हस्तान्तरण गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको संयोजनमा भैरहेको सरसफाई अभियान आजदेखि तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

आज बुधवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि जिम्मेवारि हस्तान्तरण गरिएको छ ।
सरसफाई अभियानका संयोजक एव तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालको अध्यक्षता , नेपाल सरकारका सरसफाई दुत हास्य कलाकार सिताराम कट्टेल धुर्मुसको प्रमुख आत्थ्यिता तथा तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै प्रमुख तुलसीपुर उपमहानगपालिकाका मेयर पाण्डेले अवको सरसफाईको जिम्मा उपमहानगरपालिकाले लिएको भन्दै सवैको सहयोग र सहभागिताबाट नै अभियानलाई सञ्चालन गर्ने बताए।
पाण्डेले अभियान संचालन गरेर तुलसीपुरलाई राष्ट्रिय रुपमा परिचित गराएको भन्दै तुलसीपुर उद्योग बाणिज्य संघको प्रशंसा समेत गरे ।

उनले अवका दिनमा पनी यो अभियानमा वाणिज्य संघ लगाएत अन्य सवै सघ संस्थाहरुको सहभागिता हुने भन्दै अवका दिनमा नगरका सवै वडामा समेत यो अभियान संचालन गरिने बताए।
तुलसीपुरलाई नमुना नगर वनाउने आफनो लक्ष्य रहेको भन्दै मेयर पाण्डेले सरसफाई र हरियालीलाई पहिलो प्रार्थमिकता दिने बताए । त्यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथि धुर्मुसले सरसफाई अभियानले तुलसीपुरका जनतामा ईच्छा शक्ति बढेको भन्दै यसलाई निरन्तर रुपमा संचालन गरि अझै सफा र हरियालि नगर वनाउन सुझाव दिए।

साथै उनले सरसफाई अभियानले तुलसीपुरलाई राष्ट्रिय रुपमा चिनाएको समेत बताए । सो अवसरमा बोल्दै बाग्मति सरसफाई अभियानका अभियन्ता डा राजु अधिकारिले अभियानले तुलसीपुर वासीमा चेतना प्रवाह गरेको भन्दै सवैको सहयोग र सहकार्य भए जस्तो सुकै काम गर्न सकिने बताए ।

उनले काठमाण्डौमा वाग्मति सरसफाई अभियानको सुरुवात गर्दा सम्भव छैन भन्नेहरु समेत अहिले अभियानमा सहभागि हुने गरेको भन्दै सवैको सहयोग र सहकार्य भए जस्तो सुकै काम गर्न सकिने कुरा प्रमाणित भएको बताए । सो अवसरमा अभियानका संयोजक तथा तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले बाणिज्य संघले शुरु गरेको अभियानमा सहभागि भै ५१ हप्ता सम्म सहयोग पुर्‍याउने सवै सघ संस्था एव नगरबासीहरुमा धन्यबाद दिए ।

उनले जनप्रतिनिधि नहुदाको अवस्थामा आफुहरुले यो अभियान शुरु गरेको तर अहिले जनप्रतिनिधि आई सकेको हुदा संयोजनको जिम्मेवारि हस्तान्तरण गरेको बताए । अभियानमा तुलसीपुर उद्योग बाणिज्य संघ संग संगै हुने बताए । यो अभियानले तुलसीपुरको पहिचान बनाएको हुदा यसलाई अझै व्यवस्थीत र सवै वडामा पुर्‍याउन उपमहानगरपालिकालाई आग्रह गरे ।

कार्यक्रमका सरसफाई अभियानमा ५१ औ हप्ता सम्म सहभागि हुने बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
त्यसैगरि कार्यक्रममा चर्चित हास्य कलाकार धुर्मुस , सुरविर पण्डित ९दारि वा ० पल्पसा डंगोल ९ चम्सुरी ० लगाएतकाहरुले आफनो प्रस्तुति राखेका थिए । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत बिरुले धन्यबाद तथा संचालन तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव रुपबहादुर खत्रि र पत्रकार वसन्त बिवस आचार्यले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्