यथास्थितिमा निर्वाचनमा भाग नलिने राजपाको अडान



सैघाली खबर,
काठमाण्डौ, २५ साउन।

राष्ट्रिय जनता पार्टी, नेपालले यथास्थितिमा निर्वाचनमा भाग नलिने अडान दोहोर्‍याएको छ ।

काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने पार्टीको पुरानै अडान दोहोर्‍याएको हो । यथास्थितिमा निर्वाचनमा नजाने अडानसहित पार्टीको राजनीतिक प्रतिवेदन परिमार्जनसहित तयार पारिएको नेता राजेन्द्र महतोले जानकारी दिए । पार्टीले आफूहरुको माग अनुसार संविधान संशोधन हुनुपर्ने, मधेश आन्दोलनका क्रममा लगाइएका मुद्धा फिर्ता हुनुपर्ने लगायतका माग सम्बोधन नभई निर्वाचनमा जान नसकिने अडान लिँदै आएको छ ।

बैठकले पार्टीको विधान, घोषणा पत्र र नियमावली संशोधन गर्न मस्यौदा समिति समेत बनाएको छ । पार्टीको विधान, घोषणा पत्र र नियमावलीलाई पूर्णता दिन मस्यौदा समिति बनाइएको पार्टी नेता केशवकुमार झाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्