नवलपरासीमा बाढीले १ सय ४४ घरधुरी विस्थापित



सैघाली खबर,
नवलपरासी, २५ साउन।

नवलपरासीमा बाढीले १ सय ४४ घरधुरी विस्थापित भएका छन् । अविरल वर्षाका कारण गत शुक्रबार जिल्लामा आएको ठुलो बाढीले जिल्लाको विभिन्न ४ गाउँपालिकाका ति १ सय ४४ घर पुर्णरुपमा भत्केर विस्थापित भएका हुन् ।
बाढीले करिब ३ हजार घर डुबानमा परि करोड रकम बराबरको क्षति भएको थियो जसमध्ये एक हजार घरधुरी संख्या अझै बाढी र हिलोका कारण घरमा बस्न पाएका छैनन् । त्यसमध्ये १ सय ४४ घरधुरी पुर्ण रुपमा भत्केर ध्वस्त भएका छन् ।

घर भत्केर विस्थापित भएको १ सय ४४ घरधुरी र घरमा आंशिक क्षति, बाढी हिलाले प्रभावित भएका जनताहरु पनि स्थानिय विद्यालय र आश्रमहरुमा बास बसी रहेका छन् जसलाई दैविक प्रकोप उद्दार समिति, सम्बन्धित गाउँपालिका र विभिन्न एनजीओ÷आईएन्जीओहरुबाट चामल, दाल, नुन, चिनी, तरकारी, चिउरा दालमोट लगायतका राहत सामाग्रीहरु वितरण भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा आएको ठुलो बाढीले प्रदेश नं। ५ मा पर्ने परासी क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिका र बर्दघाट, सुनवल रामग्राम गरि ३ नगरपलिाका प्रत्यक्ष रुपमा प्रभावित बनेको छ जसमध्ये ग्रामिण क्षेत्रका यि चारवटै गाउँपालिकाहरु बढि प्रभावित भएका छन् ।
बाढीले ठाउँ ठाउँमा कटान भएको महेसपुर र त्रिवेणी सडक खण्डमा अझै यातायात सुचारु हुन सकेको छैन । त्यस्तै भित्री सडक खण्डमा सोमनी र ठुलो खैरेटवा, नर्सही र बद्रीघाट, गाउँको बाटो पनि कटान र पानीको बहावले स्थानिय पैदल यात्रीहरुलाई यात्रा गर्न निकै कठिनार्ई भैरहेको बताए ।

बाढी गएको आज ६ दिन वितिसक्दा पनि विस्थापित घरधुरीहरु अझै स्थानिय विद्यालय, आश्रम र फिल्डमा त्रिपाल लगाएर जोखिमपुर्ण बसोबास गरिरहेको स्थानियले बताए । घरमा राखिएको खाद्यान्न, दाउरा, कपडालत्ताहरु बाढीले बगाएपछि ति पिडित घरधुरीहरुको ठाउँठाउँमा स्थानिय सहयोगले मेस समेत संचालन गरि पेट पाली रहेका छन् । विस्थापित घरधुरीहरुलाई पुर्न स्थापित गराउन तर्फ कुनै गाउँपालिका वा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको पिडितले दुखेसो पोखे ।

बाढीले प्रतापपुर गाउँपालिकामा ४९ वटा घरधुरी पुर्ण क्षति, १३५ घरमा आंशिक क्षति भई विभिन्न वार्ड र टोलका गरि कुल ६ सय १६ घरधुरी संख्या अझै पनि बाढीले प्रभावित भएको छ ।

त्यस्तै सरावल गाउँपालिकामा पुर्ण र आंशिक क्षति भई प्रभावित भएका कुल घरधुरी संख्या ३ सय ५५ छ । यता पाल्हीनन्दन गाउँपालिकामा १२ घरमा पुर्ण क्षति भएको छ भने सो गाउँपालिकामा ३८ घरधुरी बाढीको डुबानले प्रभावित भएको छ । सुस्तामा पनि १४ घरधुरी बाढीले अझै प्रभावित छ ।

यि ४ वटै गाउँपालिकाका करिब १ हजार घरधुरी संख्या बाढी र हिलोका कारण घरमा पुर्न स्थापित हुन सकेका छैनन् भने १ स ४४ घरधुरी त बेघर नै भएको अवस्था रहेको प्रशासनले जनाएको छ ।

गाउँहरुमा पसेको बाढीका पानी निकास हुन नसकेपछि अझै पनि केहि गाउँ र सडकहरु डुबानमा छन् । जसले स्थानिय जनता र यात्रीहरु प्रभावित भएको बताए । बाढीले जनताहरुको घर गोठ, खेतबारी समेतमा क्षति पु¥याएको छ । बाढी पिडितहरुलाई तत्काल राहत त वितरण गरि तर यिनलाई पुर्न स्थापित गराउन तर्फ कसैको ध्यान पुग्न सकि रहेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्