इंग्लिस फुटबल प्रतियोगताको पहिलो लेगमा टोटनह्यामले चिरप्रतिद्धन्द्धी चेल्सीलाई एक शून्यले हराएको छ ।
रोमाञ्चक बनेको खेलको २६ औं मिनेटमा चेल्सीका किपाले हेरी केनलाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले नै गोलमा परिणत गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।
टोटनह्यामका लागि केनले अहिलेसम्म प्रहार गरेका २५ पेनाल्टीमा २१ मा गोल गर्न सफल भएका छन् । त्यसपछि पनि दुबै टिमले केहि राम्रा मुभ बनाएपनि गोल गर्न सकेनन् ।
अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा जनवरी २४ तारिखमा हुनेछ । एक शून्यको झिनो हार ब्यहोरेको चेल्सीका प्रशिक्षक माउरिजियो सारीले दोस्रो लेगमा खेलमा फर्कने प्रयाप्त अवसर रहेको बताएका छन् ।
टोटनह्यामले चेल्सी विरुद्ध सन् १९६३ पछि लगातार तीन खेलमा जित निकाल्न सफल भयो । वेम्लेमा चेल्सीले पछिल्ला तीन खेलमा लगातार हार ब्यहोर्न बाध्य भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।