दाङ । राप्ती नदी किनारमा धनु चौधरीको घर पर्छ । धनु त्यही नदिमा डुङ्गा खियाउन थालेको १२ वर्ष पुग्यो । लमही नगरपालिका ६ मध्यनगरका चौधरीले डुङ्गा खियाएर ल्याएको दुई÷चार पैसाले परिवारको जाहो टार्दै आएका छन । मध्यनगर गाउँभरीका आठजनाको डुंगा खियाउने काम गर्दै आएका छन् । समुहमा भएकाले व्यक्तिले पालैपालो प्रत्यक दिन खियाउने काम गर्दै आएको धनुले वताए ।डुंगा चढेवापत यात्री दुई/चार पैसा दिने र त्यसबाटै परिवारको लालन पालन गर्दै आएको उनले बताए ।दिनमा कहिले १८ र १९ सय हुन्छ।
कहिले कत्ति हुदैन उनले भने । बर्षातमा डुं्गा चढ्न डराउछन । मान्छेहरु पुलबाटो भएर जान्छन । कमाइ हुने भनेको यही सिजन हो। उनले भने – एउटा व्यक्तिको २० रुपैया लाग्छ उनले भने । परिवारको आयआर्जजले थालो नै राप्ती नदी बनेको उनको भनाई छ । ढुङ्गा खियाएर आएको पैसाले नै नातिको पढाई खर्च टार्ने गरेको धनुको भनाई छ । यसोत धनुलाई उनका नाती अविनाशले वेला वेला सहयोग गर्दै आएका छन् । स्कुल बिदाको समयमा उनले बाजेलाई सहयोग गर्दै आएको अबिनाशले वताए ।आदर्श नमूना माध्यमिक विद्यालय देउपुर कक्षा ६ मा पढ्दै आएको अबिनाशले बाजेलाई ढुङ्गा खियाएर पालो दिने गरेको बताए ।
दैनिक जसो गाउँलेहरु आवतजावत गर्छन्। उनीहरुको सजिलोको लागि पनि हो ढुंगा राखेको धनुले बताए । अब त झोलुंगे पुल पनि बन्दैछ। केही सजिलो हुन्छ कि भने गाउँ नजिक पुल नबन्दा बर्षाेदेखि डुंगाबाट हिडडुल गर्दै आएको चौधरीको भनाई छ। नदीमा भालुबाङ, गढवामा पक्की पुल छ। अहिले सिहसनिया, जहरे, हस्नापुर गरी तीन ठाउँमा पक्की पुल बन्दै छन । मध्यनगर घाटमा झोलुंगे पुलको काम सुरु हुन लागेको उनको भनाई छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।