३० किलो चरेससहित तीन जना पक्राउ



नेपालगञ्ज । बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन्। तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ। रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्