। बलिउड कमेडियन जोनी लिवरले आउँदो महिना अर्थात फेब्रुअरीमा प्रदर्शन हुने फिल्म टोटल धमाकामा अभिनय गरेका छन्। ६१ वर्षीय जोनीले बलिउडका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेका छन्।
तर थोरै मानिसलाई मात्र थाहा छ की बलिउडमा आउनु अघि जोनीले जीवनमा निकै संघर्ष गरेका थिए। आन्द्र प्रदेशको कनिगिरीमा तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका जोनीको घरको आर्थिक स्थिती निकै नाजुक थियो। यसै कारण उनले जम्मा ७ कक्षा मात्रै पढ्न पाए। यति मात्र हैन उनले आफ्नो पेट भर्नका लागि सडकमा पेन बच्ने गर्दथे।
एक दिन सुनील दत्तको नजर उनीमाथि पर्यो र उनले फिल्म खेल्न पाए। जोनीले सन् १९८२ मा फिल्म दर्दका रिश्ताबाट बलिउडमा प्रवेश गरेका थिए।
पैसा कमाउनका लागि मुंबई आएका जोनीले बलिउड गीतमा डान्स गर्दै र एक्टर्सको नक्कल गर्दै सडकमा पेन बेच्थे। उनको उक्त ट्यालेन्टलाई सुनीलले पहिचान गरेर फिल्ममा मौका दिएका थिए। दर्दका रिश्तापछि उनले अर्को फिल्म बाजीगरमा पनि अभिनय गरे।
त्यस फिल्ममा भने उनले खुलेरै अभिनय गरे। दर्शकले उनको अभिनयलाई मन पराए। त्यसपछि उनी बलिउड क्षेत्रमा उदाय। उनले अहिलेसम्म करिब ३५० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।