चिकित्सा शिक्षा विधेयक पारित



काठमाडौं –चिकित्सा शिक्षा विधेयकप्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोधका बीच विधेयक पारित भएको हो ।

चिकित्सा शिक्षा विधेयकका कतिपय बुँदामा डा. गोविन्द केसीले असन्तुष्टि जनाउँदै आएका छन् । विधेयक आफूसँग भएका कतिपय सहमति विपरीत रहेको डा. केसीको आरोप छ ।

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मानबहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्