काठमाडौं । पछिल्लो समय नेपाली युवायुवतीहरुको आकर्षक बैदेशिक रोजगारको गन्तव्य टर्की बनेको छ । त्यही आकर्षक रोजगारको गन्तव्य टर्कीबाट धेरै नेपाली युवाहरु फर्किएर आएका छन् ।
तिनै बैदेशिक रोजगारीका लागि टर्की पुगेर फर्किएका युवाहरुले श्रम विभाग कार्यालय ताहाचल घेरेका छन् । मेनपावर कम्पनीले एउटा कामका लागि भनेर भिषा पठाउने र टर्की पुगेपछि अर्कै काम गर्न परेको उनीहरुको भनाई छ ।
टर्कीमा पुगे पश्चात विभिन्न खालका समस्याहरु भोग्नु परेको पनि युवाहरुको भनाई छ । नेपाल फर्कदा आफैले टिकट काटेर आउनु परेको हो ।
मेनपावर कम्पनीहरुले उनीहरुलाई फसाएको र आफूहरुलाई पठाउने युरो मेनपावर एजेन्टलाई कारबाही गर्नु पर्ने उनीहरुको माग छ । उनीहरुले टर्कीमा के कस्ता दुःख कष्ट भोग्नु पर्याे साथी लोकेन्द्रबहादुर राउतले उनीहरुसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोस्

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।