दाङ उद्योग वाणिज्य संघको अध्यक्ष तीन जनाको उम्मेदवारी



सैघाली खबर
दाङ, साउन २५ । दाङ उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जसमा तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।संघका पूर्वअध्यक्षहरुको समर्थनमा धु्रवकुमार श्रेष्ठ, बामपंथी ब्यवसायीहरुको तर्फबाट नारायण भुषाल र काग्रेसनिकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यको अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ ।अध्यक्षमा तीन जनाको उम्मेदवारी परे पनि चुनाव नै हुने स्थितिमा दुइ जनाबीच नै प्रतिष्पर्धा हुने गरिएको छ । श्रेष्ठलाई सर्वसम्मत अध्यक्षका लागि अघि सारिएको हो ।पूर्वअध्यक्षहरुले श्रेष्ठको नेतृत्वमा सहमतिको प्यानल तयार पारे पनि त्यसलाई कांग्रेसनिकट ब्यवसायीहरुले नमानेपछि तीन जनाको उम्मेदवारी दर्ता भएको हो । सहमति नभएको खण्डमा भुषाल र बज्राचार्यबीच नै प्रतिष्पर्धा हुने स्रोतले जनाएको छ ।

अन्य पदमा संयुक्त प्यानलबाट उपाध्यक्ष एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ ।प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा टंक बुढाथोकी र बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाँ पोख्रेल र कोषाध्यक्षमा शरद खनालको उम्मेदवारी परेको छ ।संयुक्त प्यानललाई नेकपा एमाले, माओवादी केन्द्र, वैद्य माओवादी, विप्लव नेतृत्वको नेकपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्