दाङ । प्रदेश नं पाँचका सभासद अर्जुनकुमार श्रेष्ठले वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँ दाङको भौतिक पुर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।महायज्ञ सल्लाहकार समितिको बैठकका प्रमुख अतिथि श्रेष्ठले ढिलै भए पनि विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्ने आएको योजनालाई सबैले सहयोग गर्नुपर्ने बतायो । ग्रामिण क्षेत्रको सामुदायिक विद्यालयलाई शैक्षिक स्तर बढाउन र प्राविधिक शिक्षा स्थापना गर्न तन, मन र धन लगाएर सबै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्नका लागि आफूले सहयोग गर्ने बताउनुभयो । बैठकमा वडा नं १५ का वडाध्यक्ष रमेश पाण्डेयले महायज्ञ सफल बनाउनका लागि हरेक तहवाट सहयोग गर्ने बताउनुभयो । प्राविधिक शिक्षाका लागि सञ्चालन गर्न लागिएको महायज्ञलाई सभ्य र खर्चरहित हुन सुझाव दिँदै वडा नं. १५ ले कहाँ कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आफू संवेदनशिल भएको बताउनुभयो ।
वडा नं. १३ का अध्यक्ष तथा महायज्ञ सल्लाहकार समितिका संयोजक रविलाल घर्ती मगरको अध्यक्ष एवं प्रदेश नं पाँचका प्रदेश सभासद अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा बैठक भएको हो । वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँ दाङको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यहि माघ ३ गतेदेखि ११ गतेसम्म हुने ज्ञान महायज्ञको सभ्य भव्य रुपमा सम्पन्न गर्नका लागि सल्लाहकारहरुको बैठक बसेको थियो ।
बैठकमा महायज्ञका निर्देशक प्रा.डा अर्जुनकुमार बुढाथोकीले महायज्ञको बारेमा जानकारी गराउनुभएको थियो, भने विद्यालयका प्रधानाध्यापक वाल्मी केसीले महायज्ञ सफल बनाउन र आर्थिक सहयोग गरेर प्राविधिक शिक्षालय स्थापना गर्न सबैमा अनुरोध गर्नुभएको थियो ।
बैठकमा उद्योग वाणिज्य महासंघका प्रदेश नं पाँचका उपाध्यक्ष हेमराज वञ्जाडेले सभ्य, अनुसासीत मितव्ययी भएर अगाडि बढ्न सुझाव दिनुभएको थियो । महेन्द्र बहुमुखी क्याम्पसका निमित्त प्रमुख सुदर्शन रिजालले पूर्व शिक्षिक र विद्यार्थीहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको थियो । बैठकका महिला समाजसेवीहरु राधा आचार्य, दुर्पदा न्यौपाने, कशौधन समाजका अध्यक्ष विष्णुुकुमार गुप्ता, उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष हुमाकान्त अधिकारी, व्यवस्थापन समितिका सदस्य कमानसिंह भारती, निजामति कर्मचारी संघका पूर्व अध्यक्ष गोविन्द पौडेल, ईञ्जिनियर प्रदिप गिरी, महिला स्वास्थ्य स्वयंसेविकाकी संयोजक विना खनाललगायतले महायज्ञ सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
बैठकमा सहभागीलाई महायज्ञ मुल आयोजक समितिकी संयोजक विमला योगीले धन्यवाद ज्ञापन गरेकी थियो, भने बैठकको सहजीकरण महायज्ञ उपसमितिका संयोजक गोपाल भुसालले गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।