दाङ । थारु संस्कृतिको संरक्षण र साहित्यको प्रबद्र्धन गर्ने उदेश्यका साथ आज र भोली दाङको घोराहीमा प्रदेश स्तरिय माघि महोत्सव २०७५ हुने भएको छ । त्यसको सम्पुर्ण तयारी पुरा भएको आयोजक थारु कल्याणकारिणी सभाका दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । थारु,कला संस्कृति भेषभुषा परम्परागत परिकारको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । ‘संस्कृति विकासके लाग हमार अयिान सामाजिक न्याय सहितक समृद्धम हमार’ योगदान भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको चौधरीको भनाई ।
महोत्सवले थारु संस्कृतिको विकासमा टेपा पु¥र्याउँने उहाले बताउँनुभयो । महोत्सवमा दाङ,बाके,बर्दिया,कपिलबस्तु,रुपन्देही,नवलपरासी, सुर्खेत,कैलाली र कन्चनपुरबाट सहभागी हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सहभागी प्रत्येक टोलीले आ–आफ्नो संस्कृति झल्कने झाँकी सहित उपस्थित छ । महोत्सवको प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।