प्रेमीलाई खुसी पार्न आफ्नै नाइटो काट्ने प्रेमिका



मेक्सिकोमा एकजना युवतीले प्रेमीलाई खुसी पार्न आफ्नो नाइटो काटेकी छन् । गुआडालाजारा क्षेत्रमा बस्ने २३ वर्षीया पालिना क्यासिलास लेन्डरोसले आफ्ना प्रेमीलाई खुसी पार्न ज्यान नै जोखिममा मोलेर नाइटो काटेकी हुन् ।

प्रेमीले नाइटोविहीन भुँडी मन पराउने भएपछि उनले शल्यक्रिया गरी नाइटो नै हटाएकी हुन् । तर, प्रेमीको लागि यत्तिसम्मको त्याग गरेकी लेन्डरोसको अन्ततः सोही प्रेमीसँग ब्रेकअप भइसकेको छ ।उनले आफ्नो नाइटो नै काटेकी रहेछिन् ।

परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो छेडेकी उनले आफ्नो प्रेमीका लागि झण्डै तीन वर्षअघि आफ्नो नाइटो काटेकी थिइन् तर, समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिगिँ्रदा ब्रेकअप भएको हो । प्रेमीको लागि ज्यान नै जोखिममा पारेकी लेन्डरोसले अहिले आएर गल्तीको महसूस गरेकी अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्