भातको माड -यि स्वास्थ्य समस्याका लागि अचुक ओखती !



काठमाण्डौ । हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । भातको माड स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ।

यदि हामीले यसको सही उपयोग गर्न जान्यौं भने यसले हाम्रो स्वास्थ्यमा आउने विभिन्न खालका समस्याहरुलाई समधान गर्न मद्धत गर्छ ।

भातको माडले स्वास्थ्यलाई पुर्याउने फाइदाहरु यस्ता छन् :

१. यदि कुनै व्यक्तिमा कब्जियतको समस्या छ भने उसले भातको माडको सेवन नियमित रुपमा गर्नुपर्छ । यसले कब्जियतको समस्या हटाउनुको साथै आरामसमेत दिन्छ ।

२. भातको माड झाडापखालाको उपचारका लागि सबैभन्दा उत्तम मानिन्छ । माडको नियमित सेवनले डिहाईड्रेशन वा पखालाको समस्या हटाउँछ ।

३. भातको माडमा भरपुर मात्रामा उर्जा हुन्छ । यसले व्यक्तिको शरीर चुस्त बनाइराख्छ ।

४. भातको माडमा एन्टि अक्सिडेण्ट वा भिटामिन ए हुन्छ, जसले क्यान्सर जस्तो घातक रोगसँग लड्न सहयोग गर्छ ।

५. नियमित रुपमा भातको माड सेवन गर्नाले बुढेसकालमा बिर्सने रोग अल्जाइमर हुने संभावना कम हुन्छ ।

६. भातको माड पिउनाले शरीरमा हुने भाइरल इन्फेक्सन कम हुुनुको साथै शरीरको लागि आवश्यक पर्ने पोषक तत्व पनि पाउन सकिन्छ ।

७.भातको माडमा हुने कार्बोहाइड्रेडले दादुरा र शरिरमा आउने बिमिरा र घाउ निको पार्न सहयोग पुर्याउछ। चिस्याएको भातको माडमा एउटा कटनको टुक्रा भिजाएर लगाउदा शरिरका विमिरा र दादुरालाई निको पार्छ। आगोले पोलेको छालामा चिस्याको भातको माडाले पनि शरिरलाई शितलता प्रदान गर्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्