उत्सर्ग डान्सिङ स्टारको चौथो संस्करण यही साउन ३० देखि शुरु हुने



दाङ,साउन २५ ।उत्सर्ग डान्सिङ स्टारको चौथो संस्करण यही साउन ३० देखि शुरु हुने भएको छ ।नृत्य क्षेत्रको विकास तथा नवप्रतिभाहरुको उन्नयनको उद्देश्यसहित विगत चारवर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको राप्ती अञ्चलस्तरीय खुल्ला नृत्य प्रतियोगिता “उत्सर्ग डान्सिङ स्टार”को चौथो संस्करण यही साउन ३० देखि शुरु हुन थालेको हो ।राप्तीमा सर्वाधिक लोकप्रिय तथा प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको उत्सर्ग डान्सिङ स्टारमा नृत्य विधाका सबै उमेर समूहका व्यक्तिहरुले भाग लिन पाउने व्यवस्था गरिएको आयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल पीडितले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेतालाई नगद रु ५० हजारसहित विविध अवसरहरु प्रदान गरिने भएको छ । त्यस्तै, उत्कृष्ट पाँच प्रतिभाहरुलाई समेत आकर्षक पुरस्कार तथा अवसरहरुको व्यवस्था गरिएको छ । राप्तीका बिभिन्न भागहरुमा अडिसनको आयोजना गरिने भएको छ । अडिसनका लागि कुनै शुल्क लाग्ने छैन ।राप्तीमा लोकप्रिय बनेको उत्सर्ग डान्सिङ स्टार प्रतियोगिताको पहिलो सिजनमा नेहा खत्री, दोस्रो सिजनमा समीक्षा पौडेल र तेस्रो सिजनमा सुप्रिया पाण्डेयले यो उपाधि जितिसकेका छन् । घोराहीको अडिसन नेपाल पत्रकार महासंघ दाङको सभाकक्षमा साउन ३० गते बिहान ११ बजेदेखि हुने आयोजक संस्थाले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्