किशोरीहरुमा महिनावारी सुरु हुने उमेर भनेको खाँसगरि बाह्र देखि पन्ध्र बर्ष भएपछि हो । यो नियम सबैमा एकै लागु हुन्छ भन्ने त हुँदैन । तर पनि एक सर्बेक्षणका अनुसार अधिकांस किशोरीहरु रजस्वला हुने उमेर भनेको यहि हो । यो प्रक्रिया कसैमा ढिलो त कसैमा चाडो पनि हुन सक्छ ।
यो त भयो हरेक महिलालाई महिनामा एक पटक नियमित हुने प्रक्रिया । तर अचम्मको कुरा के भने महिनावारी सुरु हुने उमेरकि किशोरीले कलिलै उमेरमा बच्चा जन्माएकि छिन् । तपाईलाई यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ ।
हो, मकवानपुरकि गंगा प्रजाले बाह्र बर्षको उमेरमा छोरीलाई जन्म दिएकि छिन् । जिल्लाको राङसिङ गाउपालिका औलेकि गंगाले १२ बर्षको उमेरमा छोरी जन्माएकि हुन् । उनले यहि पुस १९ गते थापाथलि स्थित प्रसुति गृहमा बच्चा जन्माएकि हुन् । २.२९ केजि तौल भएको बच्चालाई जन्म दिएकि गंगाको स्वास्थ्य अवस्था अहिले भने ठिकै छ ।
सल्यक्रिया मार्फत बच्चा निकालिएको गंगाको स्वास्थ्य केहि दिन पहिले सम्म चिन्ताजनक नै थियो । तर हाल भने उनको स्वास्थ्यमा विस्तारै सुधार आएको छ । आमा बन्न पाउदा एक तर्फ गंगा खुशी छिन् भने अर्को तर्फ सानै उमेरमा आमा बन्दा उत्तिकै दुःखी पनि छिन् ।
चार कलास सम्म मात्रै पढेकि गंगालाई सानै उमेरमा आमा बन्न मन त थिएन । तर रञ्जित प्रजासंग प्रेम विवाह गरेकि गंगा सानै उमेरमा आमा बन्न पुगेकि छिन । वास्तवमा भन्नु पर्दा सानै उमेरमा विवाह गरेर बच्चा जन्माउदा गंगालाई पछुतो लागिरहेको छ ।
पढ्ने रहर छ गंगाको तर अव सन्तानलाई हुर्काउनुपर्ने जिम्मेवारी उनको काधमा आईपरेको छ । घर बनाउने काम गर्दै आएका उनको श्रीमानको पनि आर्थिक अवस्था कमजोर नै छ । अझ भन्नु पर्दा जव गंगा गर्भवति भएकि थिईन् त्यतिसबेलादेखि उनका श्रीमान वेपत्ता जस्तै बनेका थिए ।
माईतिकै साहारामा बस्दै आएकि गंगाले बच्चा जन्माएको खवर थाहा पाएपछि श्रीमान अहिले उनलाई खोज्दै आएका छन् । गंगा रञ्जितकि दोस्रो श्रीमति हुन् । चेपाङ समुदायको बाहुल्यता रहेको बस्तिमा हुर्केकि गंगाले साथिकै लहलहैमा लागेर विवाह गरेकि थिईन् ।
चेतनाको कमि, अशिक्षा, गरिवि लगाएतका कारणले चेपाङ समुदाएका बालबालिका अहिले पनि सानै उमेरमा वाल विवाह गरिरहेका छन् । साच्चै अहिले गंगाको अवस्था हेर्ने हो भने उनको गाँउमा गएर वालविवाह गर्नु हुदैन, विद्यालय जानुपर्छ, सानै उमेरमा सन्तान जन्माउदा हुने समस्या लगाएतका बिषयमा जानकारी गराउन आवश्यक देखिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।