चर्चित तथा लोकप्रिय गायक रामकृष्ण ढकालले नेपाली आइडल सिजन १ की प्रतिस्पर्धी तथा गायिका मेनुका पौडेलसँग गरेको वाचा पूरा गरेका छन् ।
नेपाल आइडल सिजन–१ मा सेलिब्रिटी गेष्टका रुपमा पुगेका गायक ढकालले त्यत्तिखेर आइडलकी प्रतिस्पर्धी रहेकी मेनुकासँग युगल गीत गाउने वाचा गरेका थिए । उक्त वाचा अनुसार मेनुकासँग गायक ढकालले युगल गीत गाएका छन् ।
‘वेदको अक्ष’ बोलको गीतमा ढकाल र पौडेलको स्वर छ । बिबि थापाको शब्द रहेको गीतमा संगीत दीपक सिलवालले गरेका छन् । गीतको लिरिकल भिडियो समेत तयार भएको छ ।
मेनुका नेपाल आइडलमा टप ११ सम्म पुगेकी थिइन् भने भारतको सिङगिङ रियालिटी शो ‘सारेगमप’ मा पनि उत्कृष्ट ११ सम्मको यात्रा तय गरेकी थिइन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।