राष्ट्रिय विदाको माग गर्दै सरकारको नाममा ज्ञापन पत्र



पौष २७ गतेलाई राष्ट्रिय विदाको माग गर्दै राष्ट्रिय प्रजातान्त्रीक युवा संगठन दाङले ज्ञापन पत्र जारी गरेको छ । पृथ्वी जयन्तीका दिन राष्ट्रय विदा दिनु पर्ने भन्दै युवा संगठनले ज्ञापन पत्र जारी गरेको हो ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, नेपाल सरकार गृह मन्त्रालय, नेपाल सरकारका सम्पूर्ण प्रदेश कार्यालय लगाएत ७७ वटै जिल्ला प्रशासन कार्यालयको नाम समावेश गर्दै ज्ञापन पत्र जारी गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ–‘सबै जात, धर्म, वर्गको मेहनत, त्याग र वलिदानको चर्चा गर्ने, सबैलाई समान दिने र लिने र खुसी साटासात गरी फेरि भोलिका दिनका चुनौतिहरुलाई इतिहासमा जस्तै मिलेर तर फरक ढंगले सामना गर्ने प्रतिबद्धता र आत्मियताको पर्वको रुपमा राष्ट्रिय एकता दिवस मनाउन पृथ्वी जयन्तीका दिन पौष २७ गते राष्ट्रिय विदाको प्रबन्ध गरी जनभावना अनुसार काम गर्न सम्बन्धित निकाय र सरकारसँग जोडदार माग गर्दछौं ।’
ज्ञापन पत्र यसप्रकार छः–

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्