देवताको पूजा र अपराधीलाई कारबाही गरेको सुन्दै आएको हो । तर, कुनै एउटा यस्तो मुलुक छ, जहाँ अपराधीको पूजा हुन्छ । सुन्दा पत्याउन गाह्रो पर्ने, तर सत्य हो– अपराधीको पूजा हुन्छ ।
अपराधीलाई पूजा गर्ने देश हो, ल्याटिन अमेरिकी देश भेनेजुलयला । भेनेजुयलामा एउटा यस्तो परम्परा छ, जसले त्यहाँको समाज अराजकता र अपराधप्रति कति आशक्त भन्ने देखाउँदछ ।
यो देशका मानिसहरुले अपराधीहरुलाई ईश्वर मानेर पूजा गर्दछन् । कुनै समयका कुख्यात तथा मरिसकेका अपराधीहरुलाई ईश्वर मानेर पूजा गर्ने एउटा अनौठो चलन भेनेजुयलामा रहेको छ ।
स्पेनिश भाषामा अपराधी देवताहरुलाई सान्टोस मेलेन्ड्रोस भनिन्छ । कुनै जमानाका कुख्यात अपराधीको पुत्ला बनाएर एकै ठाउँ राखिन्छ । त्यस्ता अपराधी देउताका पुत्ला हेर्ने मानिसहरुको भीड नै हुन्छ ।
त्यस्ता अपराधका देवतामध्ये एउटा चर्चित नाम हो, लुई सान्चेज । ऊ आफ्नो समयको कुख्यात अपराधी थियो । अहिले उसको पुत्ला बनाएर पूजा गरिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।