माघीको रौंनक, प्रादेशिक महोत्सव दाङमा शुरु



बिष्णुकुमार देवकोटा ,
दाङ ।
थारु समुदायको ठूलो चाड माघिको रौनक दाङमा शुरुभएको छ । थारु समुदायले माघि पर्व नयाँ बर्षको रुपमा लिने गर्दछन् ।
नेपालमा मनाइने चाडहरुमध्ये थारु समुदाय संगै मगर समुदाय र हिन्दू धर्मावलम्बिहरुले समेत माघि लाई मनाउने गर्दछन् ।

थारु समुदायमा थारु अगुवा “महतवाँ”को चुनाव, नयाँ आर्थीक बर्ष सुभारम्भ र चेली बेटीहहरुलाई बिषेष उपहार “निसराउ” समेत दिने , थारु परिकारहरु ढिक्रि, बँदेलको मासु, लोकल कुखुराको मासु, सुँगुर, बँगुरको मासुखाने, आफ्ना आफन्तहरुलाई उपहार दिने प्रचलन रहेको छ ।
थारुबहुल जिल्लाहरु नवलपरासी, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली कन्चनपुरका थारुहरु आफ्ना साँस्क्ृतिक नृत्यहरु सहित यतिबेला प्रादेशिक महोत्सवमा सहभागीहुन दाङ आएका छन् ।

थारु समुदायमा दाषत्वको पहिचानको रुपमा रहेको कमैया, कम्लहरी प्रथा लाई माघिकै दिनदेखि २०६३ सालमा कमैया कम्लहरी मुक्तिको घोषणा गरिएको हुँदा यस दिनलाई दाषता मुक्तिको दिवशकोरुपमा समेत थारुहरुले मनाउने गर्दछन् । थारु सँस्कृतिलाई अन्य समुदाय संग पनि तुलनागर्न सकिनेगरी बिकास गर्नुपर्नेमा प्रदेश नं का मुख्यमन्त्रि शंकर पोखरेलले बताउनुभयो ।

थारु संस्कति आफैमा सम्पन्न भएको भन्दै नेकपा शंसदीय दलका सचेतक शान्ता चौधरीले माघी पर्वलाई जातिय सद्भावको रुपमा लिनुपर्ने भन्दै थारु सँस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो ।

 


त्यस्तै प्रतिनिधि सभासदस्य अनिता देवकोटाले माघी पर्व लाई सबैले ग्रहण गर्नेहुँदा माघी पर्व सामाजिक सद्घाव कायम गर्न महत्वपुर्ण कडि भएको दावि गर्नुभयो ।
माघिको रौनक मा थारुसमुदाय डुवेका बेला थारु अगुवाहरुले भने युवा पुस्ताले थारु सँस्कति भुल्दा थारु पहिचाननै गुम्नेहो कि भनि चिन्ता व्यक्त गरेका छन् ।
अलिेको पुस्ता पस्चिमी संस्कृतिको प्रभावमा परेको भन्दै महतवाँ महासंघ दाङका अध्यक्ष चन्द्र प्रसाद चौधरीले अहिलेको युवा पुस्ताले थारु मादल बजाउन समेत बिर्सिसकेको बताउनुभयो ।

 

यस्तै मत राख्नुहुन्छ चौधरी बुद्धिजीवि तथा साहित्यकार छविलाल थारु (कोपिला)
महिलाहरुले लगाउने परम्परागत पोषाक जिवित रहेको तर थारु पुरुषहरुले लगाउने पोषाक लोप भएको बताउनुभयो ।
थारुसमुलदायको महना पर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारको तर्फबाट दुईदिन सार्वजनिक विदा समेत दिएको छ ।

यस्तै प्रदेश नं ५ मा माघी पर्वलाई महत्व दिंदै प्रदेश सरकारको तर्फबाट जलपान कार्यक्रम समेत राखिएको बताउनुभयो ।

दुई दिन सम्म चल्ने प्रादेशिक महोत्सवमा विभिन्न थारु साँस्कृति झल्कने कलाकृतिहरु प्रदर्शन राखिएको छ भने थारु परिकारहरुको स्टल पनि राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्