संघर्षका बीच कलाकारितामा होमिएको जीवन



कक्षा आठमा अध्ययन गर्दै गर्दा नेपाल टेलिभिजनबाट प्रसारित बद्री अधिकारीको निर्देशनमा रमेश विकलको उपन्यासमा आधारित ‘अविरल बगिरहेको छ इन्द्रावती’मा पर्दामा नखुलेका एउटा कलाकार थिए रोशन कुमार श्रेष्ठ । त्यो क्षण उनको अनौपचारिक प्रवेश थियो कलाकारीता क्षेत्रमा । सिन्दुपाल्चोक जिल्लामा जन्मिएका रोशन नेपाल टेलिभिजनबाट प्रसारित अपराध धारावाहिकबाट व्यवसायीक रुपमा सहायक निर्देशन तथा कलाकारता यात्रा आरम्भ गरेका हुन् ।

कलाकार बन्ने रङ्गिन सपनाका झोला बोकेर सिन्धुपाल्चोकबाट काठमाडौ भित्रीएका निर्देशक साथै कलाकार समेत रहेका श्रेष्ठ यतिबेला पुस २० बाट रीलिज भएको चलचित्र ‘जे सुकै होस्’को सफल प्रदर्शन पछि सुरेन्द्र महर्जन (अमर)को गीति चलचित्र ‘भाग्य’को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनमा व्यस्त छन् । परीवारलाई पढेर ठूलो मान्छे बन्छु भन्दै आस्वसनका सुन्दर तस्विर छोडेर काठमाडौ प्रवेश गरेको विगतलाई स्मरण गर्दछन ।

दर्जनौं भन्दा धेरै चलचित्रमा प्रमुख निर्देशन हुँदै विगत पाच वर्ष देखि आफ्नै चलचित्र निर्देशन गर्दै आइरहेका छन् । कलाकारीता उनको रहर साथै जिवनको लक्ष्य थियो, जस्को प्राप्तिका लागि संघर्षका जंगारहरु तरेका छन् । उनले आफुलाई कलाकारमा मात्र सिमित नराखी अन्य व्यवसायमा पनि हात हालेका छन् । लामो समय देखि अग्नि नियन्त्रण व्यवसायलाई पनि अङ्गाल्दै आइरहेका छन् । विधार्थी जीवन देखि नै अभिनयका बाटोमा यात्रा गर्दै कला क्षेत्रलाई निरन्तर रुपमा अघि बढीरहने क्रममा भाग्य नेपाली कै दोश्रो गीति चलचित्रलाई अन्तर्रा्ष्ट्रिय स्तरमा पनि स्थान बनाउनका निमित्त अहिले दौडधुपमा छन् ।

एतिहासिक चलचित्र भाग्य डेढ सय वर्ष अगाडिको नेपालको परीवेश, सामाजिक स्थिति, आर्थिक स्थिति र प्रेम कथा साथै गरीबीको पीडाबाट मुक्त हुन परीवारलाई छोडेर शहर पस्नु पर्ने बाध्यताहरुलाई चलचित्रका माध्यमबाट नेपालको सामाजिक, मौलिकतालाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यले भाग्य चलचित्र निर्माण गरेको रोसनले बताए । चलचित्र सङै म्युजिक भिडियो निर्देशन गरेका श्रेष्ठले दर्जनौं भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् ।

संघर्ष भित्र कलाकार बन्ने रहर
अवसरको ढोका कुन बेला खुल्छ त्यो थाहा हुन्न भन्ने थोरै शिक्षा थियो त्यसैले कहाँ कहाँ सुटिङ हुन्छ प्रोडुसरको खोजी गर्दै अवसरको प्रतीक्षामा लाइन बस्ने गर्दथे । सुटिङको लागि तीन घण्घा सम्मको पैदल हिड्दै जाने आउने गर्दथे । कहिलेकाही ती थकान हौसला र अपेक्षाका अनुभुतीहरुले भुलाई दिन्थ्यो ।

गोजिमा दस रुपैयाँले दैनिकी काट्नु पर्ने बाध्यता नआएका होइनन् परीवर्तन नेपाल संस्थाबाट सडक नाटक गर्ने क्रममा एउटा समोसाले भोक मेट्दै आर्यन सिक्देल, बाबू बोगटी सङ्ग सहकार्य गर्दै अभिनय गरेको तिता मिठा क्षण पनि छन् । त्यो बेला अभाव, भोक महसुस गर्ने समय पनि थिएन क्यार त्यो समय रहरले पाएको सफलताले गर्दा होला मानिसलाई जिवनमा उमेरले भन्दा पनि समय र परीस्थितीले परीपक्क बनाउदै जादोरहेछ ।

भुल्न नसक्ने क्षण
अपरीचित ठाउँ र अज्ञात मानिसहरुको भिडमा निर्देशक तथा कलाकार मोहन निरौला प्रती आभार व्यक्त गर्दै उहाको संस्थाले दिएको योगदान स्मरणीय छ । जस्को कारण आफ्नो पृष्ठभुमि निर्माण गर्न सफल भएको अनुभुती हुन्छ । परीवर्तन नेपाल यो संस्थाले अभिनय र नृत्य सम्बन्धिका प्रशिक्षण प्रदान गरेको थियो । द्वन्दको लागि रंगशालामा प्रशिक्षण दिएको थियोे ।

उनले निर्देशन तथा अभिनय गरेको ‘जे सुकै होस्’ चलचित्रबाट दिएको सन्देश
चलचित्र मार्फत समाज सेवा गर्ने र समाज परीवर्तन गर्न सकियोस् भन्ने उदेश्यले उनले चलचित्र क्षेत्रमा पाइला चालेका थिए । अहिले समाजका युवा वर्गमा बढ्दै गरेको लागु पदार्थ दुव्र्यसन जस्ता कुरामा ध्यान नदिन हो भने यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उनको भनाई छ । उनले भनेका छन्–‘हामीले समाजका घटेका साना कुरालाई ख्याल गरिएन भने परीवार, समाज तथा राष्ट्रलाई नै असर पर्न सक्छ । त्यसैले यो चलचित्रको मुल भाव पनि समाजिकतामा नै आधारीत छ ।

मैले चलचित्रको माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिने उदेश्यका साथ यो चलचित्रको निर्माण गरेको छु ।’ चलचित्रमा सामाजिक कुरामात्र नभएर नोरञ्जनात्मकता पनि त्यतिकै मात्रामा रहेको छ । पुस २० गतेबाट देश भरीको हलमा प्रदर्शनी भएको चलचित्र २ हप्ता लाग्दा पनि दर्शकको मायाँमा कमी आएको छैन् ।

चलचित्रमा कलाकारहरू रोसन कुमार श्रेष्ठ, उमेश गुरुङ, चन्दा दाहाल, ज्ञानेन्द्र कोइराला सुनिल कटुवाल, रामचन्द्र अधिकारी एन बि अन्जान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भावी योजना‘जे सुकै होस्’ले दर्शकको माया पाएसँगै अब सुरेन्द्र महर्जन (अमर)को गीति चलचित्र ‘भाग्य’को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनमा व्यस्त छन् । त्यस्तै अर्काे चलचित्र ‘नकाव’ निर्माणमा पनि जुटेका छन् । यो चलचित्रको गीत पहिला नै रिलिज गरिएपनि बाँकी काम अगाडी बढाउने र त्यसलाई दर्शकको मनोभावना अनुरुप समय सापेक्ष बनाउने उद्देश्यले काम गरिरहेका छन् । सो चलचित्रलाई लोकप्रिय अभिनेता सुनिल कटुवालको व्यानर जय मातृभूमि सिनेमा एण्ड कृएसन प्रा.लि.बाट निर्माण गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्