दाङ ।बराह क्षेत्र माध्यमिक विद्यालयको भौतिक पुर्वाधार सुुधार तथा प्राविधिक शिक्षा संचालनका लागि सहयोगार्थ हुुन लागेको महायज्ञको तयारी तिब्र पारिएको छ । घोराही उपमहानगरपालिका–१३ सेवार बनगाँउमा रहेको विद्यालयले यही माघ ३ गते देखि ११ गते सम्म संचालन गर्न थालेको महायज्ञको तयारी तिब्र परिएको हो ।महायज्ञ सफल बनाउन दाताको पहिचान, विभिन्न शिक्षासंग सरोकावाला संघ भेटघाट एवं प्रचार प्रसार तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका संयोजक विमला योगीले जानकारी दिनुुभयो ।
महायज्ञ संचालनका लागि घोराहीको कर्मचारी मिलन केन्द्र महायज्ञस्थल सरसफाई अन्य कामहरु भईरहेको उहाँले बताउनुुभयो । मुुल आयोजक समितिले आज घोराहीमा गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै याेगीले शिक्षाको विकासका लागि महायज्ञ सफल बनाउन सबैमा आग्रह गर्नुुभएको छ ।मुुल समिति संयोजक याेगीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा विद्यालयका प्रधानाध्यापक बाल्मी केसी, प्रध्यापक अर्जुुनकुुमार बुुढाथोकी, महायज्ञ उपसमितिका संचार संयोजक विष्णुु आर्टले महायज्ञ सफल गर्न सबैमा आग्रह गर्नुुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।