दाङ । बिगत ९ बर्ष देखि रेडियोमा अभिनय र कार्यक्रम सञ्चालन गर्दै आएकी संचारकर्मी प्रिती स्वर्णकारले दंगाली नामक गीति एल्बम सार्बजनिक गरेकी छिन दाङको रेडियो मध्यपश्चिममा अभिनय तपाईंको नामक कार्यक्रम सञ्चालनको माध्यमबाट सम्पुर्ण श्रोता माझ आफ्नो फराकिलो परिचय बनाउदै सबै माझ लोक प्रिय बनेकी स्वर्णकारले दंंगाली म्युजिक भिडियो सार्बजनिक गरेकी हुन ।
यस गितमा दाङका सम्पुर्ण धार्मिक पर्यटकीय स्थलहरु लाई शब्दमा समेटेर दंगाली गितको रेकर्ड गरेकी हुन । स्वरकी धनी सानै उमेर देखि कलाकारीता मन पराउनुका साथै रेडियो तथा टेलिभिजन मार्फत बिभिन्न कलाकारीता सम्बन्धीका कार्यक्रम सञ्चालन गर्दै आएकी प्रिती स्वर्णाकार बिभिन्न हास्यब्यङय टेलि सिरीयलहरुमा पनि अभिनय गर्दै आएकी छिन । दाङ जिल्लामा रहेका बाह्रकुने दह , अम्बिकेश्वरी मन्दिर, पुरन्धारा झरना, सवारीकोट, चमेरे गुफा, गोरक्षनाथ मन्दिर, बिश्वकै अग्लो त्रिशुल धारापानी मन्दिर, जखेरा ताल , लगायतका साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको नाम समेटेकी छिन ।
स्वर्णाकार कै शब्द र स्वर रहेको यस गितमा देशका सु प्रसिद्ध संगितकार सन्तोष श्रेष्ठले संगीत दिएका छन भने पुरुष आवाजमा धरानका राजेश सर्गम राईले साथ दिएका छन भिडियोमा भने दाङ कै सिर्जना मगर र अजय बिश्वकर्माले अभिनय गरेका छन रंगमञ्च नेपाल प्रा.ली ब्यानरमा तयार पारिएको यस दंंगाली म्युजिक भिडियो रंगमञ्च नेपाल प्रास्ली अफिसियल युटुव च्यानलबाट बिश्व भरि एकै साथ सार्बजनिक भएको छ । आफ्नो पहिलो प्रयासलाई माया गर्दिनका लागि पनि गायिका स्वर्णकारले सबै माझ आग्रह गरेकी छिन र अब छिट्टै आफ्नो स्वरमा रहेको अर्को लोक दोहोरी गित बजारमा आउने जानकारी पनि दिएकी छिन
बरिष्ठ संगितकार बिपिन आचार्यले एरेञ्ज गरेको गितमा शब्द समायोजन युवा साहित्यकार पुरन बियोगले गरेका छन । एमबि म्युजिक स्टुडियो सामाखुशी काठमाडौंबाट रेकर्डिङ भएको यस गितको म्युजिक भिडियो बिटु मिडिया हाउस तुल्सिपुरले निमार्ण गरेको हो गीतको म्युजिक भिडियो हेर्नु होस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।