जन्मदिनमा ऋतिकलाई पूर्व पत्नीले दिएको शुभकामनाले किन मिडियामा चर्चा पायो ?



बलिउड अभिनेता ऋतिक रोशनको आज ४५औँ जन्मदिन । उनको जन्मदिनमा बलिउड स्टार तथा प्रशंसकहरुले शुभकामनाका दिइरहेका छन् । तर उनकी पूर्व पत्नी सुजैन खानले दिएको शुभकामनाले भारतीय मिडियामा चर्चा पाइरहेको छ ।

सुजैनले पूर्व पति ऋतिकलाई जन्मदिन शुभकामना दिँदै इन्ष्टाग्राममा लेखेकी छिन् ‘तिमी सधैँको लागि मेरो असल साथी । दुनियाकै उत्कृष्ट पिता ।’ त्यस्तै उनले ऋतिकलाई आफ्नो ‘सोलमेट’ बताएकी छिन् ।

 

भारतीय मिडियाले जनाए अनुसार केही समय पहिले पनि सुजैन पूर्वपति र दुई छोराको साथ एक सिनेमा हलमा देखिएकी थिइन् । उसो त सम्बन्ध विच्छेदपछि पनि उनीहरु दुई छोरालाई लिएर घुमफिरमा निस्कने गरेका छन् ।

बलिउडमा उनीहरुबीच पुन: विवाह हुने भन्ने गसिप चल्ने गरेको छ । केही वर्षअघि सम्बन्ध विच्छेद गरेका ऋतिक र सुजैन एक अर्काको बचाउमा समेत उत्रिन्छन् । अभिनेत्री कंगना रनावतसँगको विवादमा पनि सुजैनले ऋतिकको साथ दिएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्