मैले भाउजु स्यार्छु भनेको मिना ढकाललाई होः दिल निशानी



पत्रकार दिल निशानी मगरले झण्डै एक साताअघि  मिना ढकालको बारेमा निकै विवादित फेसबुक स्टाटस लेखेका छन् । उनले ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’ भन्दै फेसबुकमा पोस्ट गरे ।

उनले यो पोस्ट गरेसँगै कमेन्टमा गाली तथा व्यङग्य आउन थाले । त्यसको भोलिपल्ट नै निशानीले फेरि अर्को विवादित पोस्ट गरे ।

उनले ‘मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जी लाई पो हो। उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए।’ भन्दै अर्को विवादित स्टाटस लेखे ।

यतिमात्र होइन उनले पहिलो पोस्टमा आफैंले कमेन्ट गर्दै ‘यार्सागुम्बा पनि खाएको छु’ लेखेका थिए । दोस्रो पोस्टको कमेन्टमा उनले यार्सागुम्बाको फोटो पोस्ट गर्दै ‘भोलि खाने यो ३ पिस’ लेखेका छन् ।

दिल निशानी बेलाबेलामा यस्ता विवादित पोस्टका कारण चर्चामा आइरहन्छन् । उनले फेसबुकमा मात्र नभइ ट्वीटरमा समेत यस्ता विवादित टिप्पणीहरु गर्ने गरेका छन् ।

यद्यपि यस्ता पोस्टमा उनीमाथि निकै भद्दा टिप्पणी र गालीगलौज आउने गरेको छ । पछिल्लो समय मिना ढकाल समेत सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । उनका केही कामहरु पछिल्लो समय विवादमा पनि तानिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्