आन्तरिक पर्यटण क्षेत्रको विकासमा मैलेकाम गर्ने छु भुषाल



 

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन यही साउन ३१ गते हुने हुदैछ । त्यसबारेमा सैघाली खबरका कार्यकारी सम्पादक जनक नेपालीले दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार नारायण भुषाल संग गरेको कुराकानीको सम्पादित अंश ।

 

दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?

खासमा भन्नु हुन्छ भने हामी यतिवेला उपमहानरपालिकाका रुपमा आफ्नो क्षेत्र अधिकार विस्तार गरेका छौ । यहाँ अन्य कुरा जस्तै व्यापारिक दायरा समेत फराकिलो वनेको छ त्यसकारण यहाँ व्यापारिक रुपमा देखा परेका हरेक समस्या समाधान गर्नका लागि मेरो उम्मेदवारी हो ।

तपाई भन्दा अगाडी संघको नेत्रित्व गरेका पनि हुनु हुन्छ खासमा तपाईनी किन अध्यक्ष बन्नु पर्ने ?
मैले यसलाई स्वभाविक रुपमा ल्याएको छु किन भने म उद्योग वाणिज्य संघको उपाध्यक्ष पनि हु त्यसकारण उपाध्यक्षले अबको अध्यक्षको रुपमा दावी गर्नु स्वभाविक र नियमित प्रकृया हो । किन भने म उद्योग वाणिज्य संघका एजेण्डा र योजनाहरुलाई अगाडी बढाउने सन्दर्भका कुनै कन्जुसाई गरेको छु जस्तो आज सम्म लाग्दैन मलाई किन भने दाङको समग्र विकासका योजनाका हिसावले हेर्ने हो भने दाङ उद्योग वाणिज्य संघले घोराही निर्माण गर्न थालेको बहुउदेश्य सभागृह निर्माण देखि बजार क्षेत्रमा सि.सि. क्यामेरा जडानका साथै वजारका क्षेत्रको विकास गर्ने कुरामा मैले राम्रौ भुमिका निर्वाह गरेको छु त्यसकारण म के भन्छुभने ब व्यावसायीको हक अधिकार स्थापित गर्नका लागि निरन्तर रुपमा लाग्दै आएको छु त्यसकारण म नै अबको दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा दावी गर्छु । म हरेक व्यावसायीको दैलो दैलोमा पुगेर व्यावसायीको समस्याको पहिचान गरेको छु जसका कारण समस्या समाधानका बिषयमा समेत वृहत योजना बनाएर अगाडी बढेको छु त्यसकारण मलाई सम्पुर्ण व्यावासायीले विस्वास गर्नु हुन्छ भने म मा विश्वास छ ।भवन निर्माका लागि पहल गर्नेकामहरु गर्दै आएका छौ । त्यस बाहेक लेखा सम्बन्धि तालिमको व्यवस्था र नियमित हाट बजार लगाउँने व्यवस्था अब छिट्टै मिलाउछु ।

तपाई नै किन उद्योग वाणिज्य संघको अध्यक्ष हुन प¥र्यो त अरुलाई दिए हुदैन ?

तपाईले भनेको कुरा ठिक छ तपाईले मलाई एउटा कुराको जवाफ दिनसु के भने संस्था बचाउँनु कस्तो व्यक्तिको आबस्यकता पर्छ । त्यसकारण म अहिले सम्म दाङ उद्योग वाणिज्य संघको एजेण्डा भन्दा बाहिर अmै सम्म गएको छैन । म काममा विश्वास गर्ने मान्छे जसले काम गर्दैन त्यस मान्छेलाई विभिन्न पद दिदा पनि म अहिले सम्म चुपचाप लागेर बसेकै हो पछिल्लो चरण उद्योग वाणिज्य संघ जस्तो साझा संस्थामा कतै राजनिति पो हावी हुन थाल्योकी भन्ने अनुभति भएको छ । त्यसकारण यी सबै कुराको छिटै अन्त्य गर्न जरुरी मैले ठानेको छु यति उद्योग वाणिज्य संघलाई सहि रुपमा अगाडी बढाउने र विकास गर्ने हो भने सही नेत्रित्व चयन गर्न आबश्यक छ । तर उद्योग वाणिज्य संघले सम्पूर्ण व्यावसायीहरुको हक अधिकारलाई स्थापित गर्नुपर्छ त्यसकारण म मा यदि यो खालको क्षमता व्यावसायीले देखेर विश्वास गरेका कारण म नै उद्योग वाणिज्य संघको अध्यक्षको दावी गरेको हु अरु मलाई भन्नु छैन ।

तपाई अध्यक्ष भै हाल्नु भयो भने गर्ने काम के के छन् ?
दाङ उद्योग वाणिज्य संघको यस पटकको कार्य समिति सकभर पुरै सर्व सहमतिका रुपमा गठन गर्नुपर्छ । किन भने यस्ता साझा संस्थामा काम गर्दा सबैका साय सल्लाहमा आधारमा अगाडी बढाउनु पर्छ हैन भने संस्थाको विकास गर्न सकिदैन । यस्ता साझा सस्थाहरुको चुनावी प्रकृयाबाट जादा एक अर्कामा मन मुटाव हुने हुदा काम गर्नमा कठिनाई हुन्छ । संस्थालाई दिगो रुपमा अगाडी बढाउँन सकिदैन मैले दाङ उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि केही योजना अगाडी सार्ने तयारीमा छु मैले दाङको सबैभन्दा पूरानो कोईलाबास नाका खोल्नका लागि स्थानिय निकाय देखि प्रदेश हुदै संघ सम्म त्यसका लागि पहल थाल्दै तत्काल उक्त नाका खोल्ने, दोश्रो कुरा दाङलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि दाङको टरिगाउँ एरपोट सञ्चालनमा ल्याउँने, तेश्रो कुरा दाङका ग्रामिण सडकहरु समेत कालोपत्रे गर्ने , आन्तरिक पर्यटण क्षेत्रको विकासमा मैलेकाम गर्ने छु ।

दाङ उद्योग वाणिज्य संघले निर्माण गर्ने भनेको बहुदेश्य सभा गहृको निर्माणको काम कति सफल भयो ?
दाङ उद्योग वाणिज्य संघले बहुदेश्य सभाहल निर्माणका लागि दुई वटा महोत्सव गरेहको थियो । त्यसबाट बचेको केही रकम र अर्थ मन्त्रालयबाट विनियोजित रकम २१ करोडको लागतमा टेन्डर आहन समेत भैसकेको छ । त्यसको निगरानी गर्नेकाम र भवन निर्माका लागि पहल गर्नेकामहरु गर्दै आएका छौ । त्यस बाहेक लेखा सम्बन्धि तालिमको व्यवस्था र नियमित हाट बजार लगाउँने व्यवस्था अब छिट्टै मिलाउछु ।

अन्त्यमा केही भन्नु छ ?
खासमा भन्नु पर्ने त केही पनि छैन तर पनि उद्योग वाणिज्य संघको आगामी साउन ३१ गते हुने निर्वाचनमा सम्पुर्ण व्यावसायीलाई सहयोग गर्न आग्रह गर्दछु । म सबै व्यावसायीको अधिकार स्थापित गर्नका लागि काम गर्दै आएको छु त्यसकारण मलाई सहयोग गर्नु हुनेछ । त्यसका साथै म तपाईको मिडिया मार्फत मेरा केही विचार आम पाठक र व्यावसायीका माझमा राख्न दिएकोमा धन्यावाद दिन चाहन्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्