आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘चौकादाउ’ र ‘भिलेन’ आजबाट प्रदर्शनमा आएका चलचित्र हुन् । ‘ चौकादाउ’ कमेडी कथामा बनेको चलचित्र हो । चार पाका उमेरका पात्रको रमाईलो कथामा निर्माण गरिएको चलचित्रलाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन्।
चलचित्रमा सन्तोष पन्त, वर्षा राउत, रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह लगायतको मुख्य भूमिका छ ।शम्भुजित बास्कोटाको कथा तथा संगीत रहेको चलचित्रको निर्मातामा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारी छन् ।
चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।
यता आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘भिलेन’ एक्सन जनारामा बनेको चलचित्र हो । चलचित्रमा एक्सन स्टार निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रमा देखाइएको निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा निखिलका साथमा नायिका शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतको मुख्य भूमिका छ । कपिल खत्रीको प्रस्तुति, बल बहादुर श्रेष्ठको निर्माण रहेको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह–निर्मातामा छन् ।
चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । यसै चलचित्रमार्फत नायक निखिल र नायिका शिल्पाले पहिलो पटक पर्दा शेयर गरेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।