राष्ट्रनायक पृथ्वीनारायण शाहको जयन्ती यसरी मनाइयो (फोटोफिचर)



काठमाडौं। सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छ। सरकारले सार्वजनिक विदा नदिएपनि औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको हो।


पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश जारी गरेका छन् । यसैगरी शुक्रबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिसका माल्यापर्ण गरिन् श्रद्धाञ्जलि अर्पण गरेकी छन्। सो क्रममा नेपाली सेनाको एक टुकडीले सम्मान सलामी समेत दिएको थियो।

प्रधानमन्त्री केपी ओलीले पृथ्वी नारायण शाहलाई राष्ट्र नायकको रुपमा लिएका छन् । प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन्।

२७५ वर्षअघि बाइसे र चौबिसे राज्यमा विभाजित भएको र ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाएसँगै नेपाल निल्न खोजेका बेला तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा साना राज्यहरुलाई बलपूर्वक एकीकरण गरेको इतिहास छ। शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गर्नु पर्ने विभिन्न संगठनहरुको माग रहेको छ ।

फोटो पत्रकारः दिनेश नेपाली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्