प्युठानमा ३ घर जलेर खरानी



जिल्लाको प्युठान नगरपालिका ८–धर्मवती भेडावारीमा तीन घर जलेर नष्ट भएका छन् । सो गाउँका रेनु नेपाली, काली नेपाली र बम्बु नेपालीको घर गोठ जलेर खरानी भएका हुन् । आगो बिहानपख  नियन्त्रणमा लिइएको स्थानीय युवा सुमनराज श्रेष्ठले बताए । दुई घण्टाको पैदलयात्रा  हिँडेर पुगेका युवाहरुले आगो नियन्त्रणमा लिइएको उनले बताए ।

वडाअध्यक्ष लगायतको टोली अहिले पनि उद्धारमा खटिरहेका छन् । अग्निपीडितलाई नगरप्रमुख सहितको टोलीले राहत वितरण गर्ने बताएका छन् । क्षतिको विवरण आई सकेको छैन । अगलागी हुनुको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्