डिएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ



नेपाल प्रहरीको बहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार पुतली सडकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रहरी प्रधान कार्यालय नक्सालस्थित चालचलन शाखाका प्रमुख डिएसपी भीमकिरण ढकाल हुँ भन्दै पुतली सडकस्थित तिरुपती होटलमा बसेर ठगी गरेका थिए ।

 

१४ दिनदेखि तिरुपतीको कोठा नं। २०३ मा बसेका उनले आफु महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत रहेको भन्दै विभिन्न युवतीलाई शारिरक शोषणसमेत गरेका थिए । सित्तैमा होलटमा बसेका ढकालले होटलवालालाई अनुसन्धानका लागि केही दिन अझै सोही कोठामा रहने बताएका थिए ।विवाहित ढकालको १३ वर्षीय छोरा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्