डेढ वर्षमै फुक्यो साझा र विवेकशीलको गाठो



काठमाडौं-वैकल्पिक राजनीति गर्ने भन्दै गठित विवेकशील साझा पार्टी विभाजित भएको छ ।

पार्टीका दुई संयोजकमध्ये एक संयोजक उज्ज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर ‘विवेकशील नेपाली दल’ नामको नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो ।

 

डेढ वर्ष पनि नपुग्दै मिश्र र थापा अलग्गिएका छन्

प्रदेश नम्बर ३ मा ३ सिट जितेको विवेकशील साझाका दुई सांसद नयाँ पार्टीतर्फ लागेका छन् ।

उज्ज्वल थापाको नेतृत्वमा निर्वाचन आयोगमा बुझाइएको सूचीमा प्रदेशसभा सदस्यद्वय रमेश पौडेल र विजयबाबु श्रेष्ठको पनि नाम छ ।

पार्टीका कूल ३७ केन्द्रीय सदस्यमध्ये आफूसहित १६ जना नयाँ पार्टी गठनमा संलग्न रहेको केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्