सरकारद्वारा जग्गाको कित्ताकाटमा फुकुवा



काठमाडौं । सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाटको फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिएकी छिन् ।

 

रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको भनाई छ । २०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण जानकारीको लागि विज्ञप्ति हेर्नुहोला

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्