आँफू अन्धकारमा बसी उज्यालो छर्ने नन्दा (भिडियो सहित)



भनिन्छ यो संसारमा धेरै थरी थरीका मानिसहरु हुन्छन् । कोही संसार नै परिवर्तन गर्न सक्छु भनेर लागि पर्छन् । कोही संसारलाई नै भार हुन्छन् । तर संसारमा यस्ता मानिस पनि हुन्छन् । जसले आँफू अन्धकारमा बसेर अरुलाई उज्यालो प्रकाश दिइरहेका हुन्छन् ।

त्यस्तै एक दृष्टि विहिन युवतीले अनाथ बालबालिकालाई संसार देखाइरहेकी छिन् । यी महान युवतीको नाम हो नन्दा सिंह । नन्दा सिंहले आँफू बस्ने कोठामा नै साना साना बालबालीकाहरुलाई पालन पोषण गरिरहेकी छिन् । नन्दाको घर कालिकोट हो ।

उनको सानै उमेरमा झाडापखलाले गर्दा आँखाको ज्योति गुम्न पुगेको थियो । नन्दाले पालन पोषण गरिरहेका बालबालिकाहरुलाई गायिका मलिका कार्कीले जाडोमा लगाउने टोपी र बलाङ्केट प्रधादान गरेकी छिन् । अन्य जानकारीका लागि भिडियो हेर्नुहोला

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्