काठमाडौं, । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको ‘प्रथम बेलौरी माघी मेला’को उद्घाटन गर्न पुगेकी मन्त्री मगर थारु भेषभुषामा सजिएकी थिइन्। थारु पहिरनमा सजिएर मन्तव्य राख्दै विकासको काममा प्रतिपक्षलाई समेत रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भूमिका अपरिहार्य भएको बताएकी छिन । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध नगर्ने आग्रह गरिकी छीन। उनले थारू संस्कृतिको सम्बद्र्धन गर्न गाउँगाउँका बीचमा संस्कार तथा परम्पराहरुको आदानप्रदान हुनुपर्ने उल्लेख गरिन् ।। थारु पहिरनमै मञ्चमा पुगेकी मन्त्री मगरले माघी मेलाका अवसरमा आम नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।
‘‘थारू एकता हमार शान स् शिक्षा, भाषा सँस्कृति पौर्हैटी लैजीना हमार अभियान’’ भन्ने मूल नाराका साथ बेलौरीमा पहिलोपटक आयोजना गरिएको बृहत मेलामा जातीय पहिचान, भाषा, धर्म तथा सँस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले जानकारी गराएका थिए ।
मेलामा थारू खानाका परिकारहरु बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदि राखिएका छन् । कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रहवा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।