कहाँ पुग्यो डा केसीसँग सरकारी टोलीको वार्ता?



 

सैघाली खबर
काठमाडौं,२६ साउन


चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका प्रा डा गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेको १८औं दिन पुगेको छ। तर, सरकारी वार्ता टोली र केसी पक्षबीच चार दिनदेखि वार्तासमेत हुन सकेको छैन। सरकारी टोली माग सम्बोधन गर्नेभन्दा पनि वार्ता लम्ब्याउने उद्देश्यले प्रस्तुत भएपछि वार्ता हुन नसकेको केसी पक्षको आरोप छ। सरकारी पक्षले भने विभिन्न पक्षसँग परामर्श गरिरहेको जनाएको छ। डा। केसीको माग पूरा गर्ने सन्दर्भमा चिकित्सा शिक्षा विधेयकमाथिबुधबार महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिमा गम्भीर छलफल भएको उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बताए। उनले भने, ‘माथेमा प्रतिवेदनमा उल्लेख भएका विषयलाई विधेयकमा समेट्ने पहल गरिरहेका छौं।’ अनशनको १७औं दिनसम्म पनि माग पूरा नगरेको भन्दै सरकारी चिकित्सक संघ गोदान बुधबारदेखि आन्दोलनमा उत्रिएको छ। गोदानको आह्वानमा देशभरका सरकारी चिकित्सक केसीको समर्थनमा उत्रिएका छन्। सरकारी बेवास्ताको विरोधस्वरूप सरकारी चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर नियमित काम गर्न थालेको गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए। उनले डा केसीको जीवन रक्षाका लागि बाध्य भएर विरोधमा उत्रनुपरेको तर्क गरे। सांकेतिक विरोध नसुनिए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी गोदानले दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्